नवलपुरका १ जना सहित भरतपुर कोभिड ल्यावमा २६ स्वावको रिपोर्ट पोजेटिभ

0

चितवन, ५ भदौ । नवलपुरका १ जना सहित भरतपुर कोभिड ल्यावमा २६ स्वावको रिपोर्ट पोजेटिभ आएको छ । भदौ ४ गते ३०६ जनाको स्वाव परीक्षण गर्दा चितवनमा मात्रै २३ जना नयाँ संक्रमित थपिएका छन् ।

आज विहान दिएको जानकारी अनुसार भरतपुर महानगरमा ८ पुरुष र ११ महिला, राप्तीका ३ जना पुरुष, पर्वतका १ जना पुरुष, पर्साका १ महिला र मकवानपुरका १ पुरुषमा कोभिड १९ को संक्रमण पुष्टी भएको डा नीतु अधिकारीले जानकारी दिनुभयो ।

यो सँगै चितवनमा संक्रमितको सख्या ३०४ पुगेको छ । नवलपुरमा देखिएका १ संक्रमित मध्ये कावासोती १६ का ४० वर्षीय पुरुष रहेका छन् ।

मध्यविन्दु अस्पतालमै उपचाररत एक जना महिलाको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय नवलपुरमा प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

Share.

Leave A Reply