भीड हुने नारायणगढ बजार सुनसान

0

डोलराज रानाभाट, चितवन, ४ भदौ । कोभिड १९ र जिल्लामा जारी निषेधाज्ञाका कारण चितवन सुनसान छ । सदाका वर्षहरुमा तीज पर्वको अघिल्लो दिन पालो कुरेर किनमेल गर्नुपर्ने बजारका सटरमा यतिवेला ताला झुण्डिएका छन् ।

जिल्लाको व्यस्त बजार नारायणगढका पुल्चोक, शहिद चोक, लायन्स चोक, पुतली बजार, मेनरोडका पसहरुमा वढि भीड लाग्ने गर्दथ्यो ।

तर अहिले सवै दैनिक खाद्यन्न विक्रि गर्ने र औषधि पसलहरुमात्रै संचालनमा छन् । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठका अनुसार जिल्लाभरको तथ्याङ्क नभएपनि नारायणगढमा विभिन्न क्षेत्रका १२ सय देखि १५ सय पसलहरु ठप्प छन् । चाडपर्वमा मानिसहरुको भीड वढ्न सक्ने आशंकामा चेकजाँचमा थप कडाई गरिएको छ ।

भतरपुर महानगरपालिकामा साउन ३० गते राति १२ बजेदेखि र माडी नगरपालिका वाहेक अन्य स्थानीय तहहरुमा साउन ३२ गते राति १२ बजेदेखि भदौ ५ गतेसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदाफा ३ बमोजिम निषेधाज्ञा गरिएको हो ।

 

हिजो  चितवन जिल्ला भर निषेधाज्ञाको उलंघन गरि स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने ९०९ जनालाई कारबाही गरिएको चितवन प्रहरीले जनाएको छ । उक्त कारबाहीबाट २ लाख २० हजार ८ सय राजश्व संकलन भएको थियो । हिजोको कारवाहीले पनि आज मानिसहरुको चाप निकै कम देखिएको थियो ।

Share.

Leave A Reply