गैंडाकोटका ४ जना सहित चितवनमा एकै पटक ३० संक्रमित थपिए

0

डोलराज रानाभाट, ३ भदौ । गैंडाकोट नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालमा स्वाव संकलन गरिएका उनीहरु गैडाकोट नगरपालिका वडा न १ का ३९ वर्षीय पुरुष, गैंडाकोट ७ का २७ वर्षका महिला र ३९ वर्षका पुरुष गरी २ जना, गैंडाकोट ५ का २८ वर्षीय एक महिलामा संक्रमण पुष्टी भएको हो । नवलपुरमा थपिएका ५ मध्ये अर्का एक देबचुलि नगरपालिका १ का १७ वर्षीय पुरुष रहेका छन् । नवलपुरका ५ जना सहित चितवनका २० जनामा संक्रमण देखिएको छ । कोभिड १९ पुष्टी भएका नवलपुरका व्यक्तिहरु समुदायका हुन वा अस्पतालका कार्यरत, उपचाररत आदिको खोजपड्ताल सुरु भएको छ ।

भरतपुर महानगरपालिकाका ५ पुरुष र ७ जना महिला, राप्ती ४, ५ का २ जना पुरुष, खैरेनी ३ का ५ जना महिला र रत्ननगर १० का १ जना पुरुष रहेका छन् । खैरेनीका होम क्वारेनटीनका वाहेक सवै विभिन्न अस्पतालबाट संकललित स्वाव रहेका छन् । त्यस्तै भरतपुर कोभिड १९ प्रयोगशालामा महोत्तरीका १ जना पुरुष, वाँकीका १ महिला, तनहुँका १ पुरुष , मकवानपुरका १ महिला र वाराका १ पुरुषमा गरी ५०० नमुना परीक्षणमा ३० जनामा कोभिड १९ पुष्टी भएको प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारीदिनुभयो ।

Share.

Leave A Reply