राष्ट्रकवि माधवप्रसाद घिमिरे रहेनन्, आज साँझ ५ः ५५ मा निधन

0

फोटो स्रोत ः सेटोपाटी

गैंडाकोट, २ भदौ, २०७७ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर उपचार हुँदै गर्दा आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । घिमिरेको विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्म भएको थियो ।

उहाँको नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

 

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गर्नुभएको थियो ।

Share.

Leave A Reply