धुसेरी भाग्यमानी वन हो : लोकबहादुर कार्की

0

 

धुसेरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोकबहादुर कार्की
कोरोनाका कारण हाम्रा केही कार्यक्रम प्रभावित भएपनि हामी वनको संरक्षण र संवद्र्धनसँगै प्रवद्र्धनका लागि काम गर्छौं भनेर स्वयम् सेवा गर्न आएका संरक्षणकर्मी हौँ । धुसेरी सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणलाई नै प्राथमिकतामा राखेको छ र यो जिल्लाको पहिलो वन पनि हो । वन विकास तथा व्यवस्थापनतर्फ गत आर्थिक वर्षमा वृक्षरोपण, झाडी सरसफाइ, वैज्ञानिक वन भएका कारण नियमित रुपमा नै गोडमेलजस्ता कामहरु सम्पन्न भएका छन् । नियमित रुपमा कार्य समिति तथा विभिन्न उपसमितिमार्फत र वन हेरालुमार्पmत वनको निगरानी गर्दै उपभोक्तालाई समेत परिचालन गरी हामीले वन व्यवस्थापन गर्दै आएका छौँ । वनमा हुन सक्ने चोरी नियन्त्रण तथा आगलागी हुन नदिने गरी काम भएका छन् । दाउराका लागि हात हतियारविना सुकेका दाउरा संकलनका लागि अनुमति दिने जाडो याममा उपभोक्ताका घरसम्म नै दाउरा लगेर न्यानो प्रदान गर्ने काम हामीले गरेका छौँ । सामाजिक रुपमा हुने शुभ कार्य तथा दाहसंस्कारका लागि निःशुल्क दाउरा उपलब्ध गराउने काम पनि हामीले गरेका छौँ । जंगलमा आगो नदेखिनु वनका लागि सफल मानिन्छ । त्यस मानेमा हामी भाग्यमानी छौँ । हाम्रो सफलता भनेको जंगलमा आगो लाग्न नदिनु हो । यसवर्ष जंगलमा आगो देखिएन, यो खुसीको कुरा हो । त्यसको तयारी स्वरुप हामीले पहिले नै अग्निरेखा निर्माण गर्ने काम पनि गरेका थियौँ । उपभोक्तलाई तालिम पनि दिएका छौँ । लकडाउनका समयमा स्थानीय उपभोक्ताको साथ र सहयोग पनि मिल्यो । वन प्रवेशमा रोक लगायौँ । कोरोनाका कारण केही असहज भएपनि संरक्षणमा कुनै कमी हुन दिएका छैनौँ ।
सामुदायिक वनको संस्थागत विकास र कार्यालय व्यवस्थापनतर्फ हामीले नयाँ भवन बनाएका छौँ । यो एउटा अध्ययनको थलोका रुपमा विकास भइरहेका सन्र्दभमा यहाँ आउने पर्यटक तथा अध्ययनकर्ताहरुका लागि बसोबासको व्यवस्थासहितको भवन निर्माण गरिएको छ । घाटगद्दी र कार्यालय मर्मतका कार्य अघि बढे । मुख्य कार्यालयको माथिल्लो तला थप सम्पन्न भएको छ । आवश्यक फर्निचर ल्याउने, क्यालेन्डर तथा बुकलेट प्रकाशन गर्ने कार्य गरिएको छ । हरेक काम कम्प्युटरमार्फत हुने भएकाले लेखा प्रणाली पारदर्शी छन् । कर्मचारी तथा समितिका सदस्यहरुको क्षमतावृद्धिका लागि तालिम भ्रमणलगायतका काम पनि यस अर्थिक वर्षमा भएका छन् । हामीले गएको तीजमा प्रतियोगितात्मक चेतनामूलक कार्यक्रम पनि सम्पन्न गरेका थियौँ ।
धुसेरी सामुदायिक वनको अन्य महत्त्वपूर्ण कार्य भनेको समुदायमा गरिएको लगानी हो । हरेक वर्ष समुदायमा ठूलो लगानी वनले गर्ने गरेको छ । समुदायमा विकास निर्माण कार्यमा सरसहयोग गर्ने काम वनले गर्ने गरेको छ । स्वीकृत कार्ययोजना अनुरुप हामीले सामुदायिक विकासअन्तर्गत बाटो कालोपत्रेका लागि, विद्यालयमा पुस्तकालय, नाला निर्माणका लागि सहयोग गरेका छौँ । मठमन्दिर निर्माणमा लगानी गरिएको छ । ज्येष्ठ नागरिक बस्नका लागि निर्माण गरिएको भवनमा सहयोग गर्ने काम भएको छ । कोभिड १९ का कारण प्रभावित उपभोक्ताका लागि राहत मिल्ने गरी नगरपालिकाको कोषमा रकम सहयोग गर्ने तथा उपभोक्तालाई सचेत गराउने काम हामीले गरेका छौँ ।
पर्यापर्यटनको विकासमा जुटेका छौँ । माछापालन, बोटिङ सञ्चालन र सिँचाइको अवधारणासहितको पोखरी निर्माण कार्य अघि वढेको छ । हामीले सिमसार क्षेत्र निर्माण गरेका छौँ । भू तथा जलाधार कार्यालयसँगको सहकार्यमा यो काम सम्पन्न भएको छ । पिकनिक स्थललाई व्यवस्थित गरेका छौँ । पर्खाल लगाएर यसलाई थप व्यवस्थित गरिएको छ । सामुदायिक तथा सामाजिक विकासअन्तर्गत हुनुपर्ने काम उपभोक्ताको चाहनाअनुसार नै भएका छन् ।
गरिबी न्युनीकरणका लागि हामीले हरेक वर्ष रकम छुट्ट्याउने गरेको छौँ र सो रकम लगानी हुने गरेको छ । गरिबी न्यूनीकरणअन्तर्गत तरकारी पसल, बङ्गुर पालन तथा चटपट पसललगायतका क्षेत्रमा लगानी गरेर उपभोक्ताको आय आर्जन बढाउने गरी लगानी हुने गरेको छ । ग्रामीण भेगमा सहकार्य गर्दै बिना ब्याज वनले लगानी गर्दै आएको छ । विद्यालयहरुमा पढ्ने विद्यार्थीका लागि गरिब जेहेन्दार छात्रछात्राका लागि छात्रवृत्ति, असहायहरुका लागि औषधी उपचार सहयोग, सीप विकासका लगायत चेतनामूलक कार्यक्रम हामीले गरेका छौँ ।
वनको अर्को पाटो भनेको जडिबुटीको प्रवद्र्धनको कार्यक्रम अघि बढाएका छौँ । यहाँ रहेका जडिबुटी राजधानीसम्म पु¥याएर मेला महोत्सवमा हामीले प्रदर्शन गरेका छौँ । पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’, वनमन्त्री शक्ति बस्नेत, सांसद तथा संरक्षणकर्मीले यहाँ उत्पादित जडिबुटी अवलोकन गर्नुभएको छ । उहाँहरुको सुझावअनुसार हामीले जडिवुटी उद्यान बनाउने भनेका छौँ । सो अनुरुप जडिबुटी रोप्ने कार्य हामीले गरेका छौँ । यो वन राष्ट्रिय वनका रुपमा स्थापित वन हो । यस विपद्का समयमा केही काठ बिक्रि वितरण हुन सकेन भने केही सदुपयोग गर्न सकिएको छैन । चुनौती छन् तर पनि नियमित हुने र संरक्षण कार्यलाई निरन्तरता दिने कार्यमा हामीले उपभोक्ताको साथ तथा सहयोग निरन्तर पाइरहेका पनि छौँ र अझै अपेक्षा पनि गरेका छौ । विपद्लाई न्यूनीकरण गर्दै संरक्षण कार्यमा हाम्रो यात्रा रोकिने छैन ।
(धुसेरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोकबहादुर कार्कीसँग समाचार सम्पादक प्रेम क्षेत्रीले गर्नुभएको कुराकानीमा आधारित ।)

Share.

Leave A Reply