४२ शसस्त्र प्रहरी सहित चितवनमा ४६ जना संक्रमित थपिए

0

चितवन, २ भदौ । चितवनमा २ महिला सहित ४२ जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । राप्ती ६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमति प्रदेशमा कार्यरत उनीहरुमा संक्रमण पुष्टी भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत सुरेश न्यौपानेले जानकारी दिनुभयो । शुक्रवार ६० वटा स्वाव पठाएको मध्ये उहाँहरुमा संक्रमण देखिएको हो ।

विपद सम्वन्धी काम गर्ने भएकाले प्रदेश नम्वर ३ का विभिन्न ठाउँमा जानुपर्ने, सीमा सुरक्षामा खटिएका, तराई क्षेत्रमा काम गर्न गएकाका कारण संक्रमण भएको बताइएको छ ।

केहीलाई लक्षण देखिएपछि जाँच गराउँदा संक्रमण देखिएको हो। प्हिल पनि १७ जनाको जाँच गराउँदा ८ जनाकामा संक्रमण देखिएपछि २ जनालाई भरतपुर अस्पतालमा र ६ जनालाइ सोही गणमा राखेर उपचार जारी रहेको न्यौपानले बताउनुभयो । यति धेरैलाई एकै पटक संक्रमण पुष्टी भएपछि आइसोलेसनमा समस्या भएको छ ।

भरतपुर सरकारी अस्पतालमा रहेको सवै वेड भरिएको सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमाबार राति गरिएको ३५५ नमुना मध्ये ५० जनामा कोभिड १९ पुष्टी भएको हो । अन्य संक्रमितमा भरतपुरमा महानगरपालिकाका ४ महिला रहेका छन् ।

 

त्यस्तै भरतपुर सेन्ट्रल अस्पतालबाट स्वाव पठाइएको मकवानपुर हेडौटाका एक महिला गोरखाकी १ महिला गरी २ जना, आशा अस्पतालबाट पठाइएको स्वाव मध्ये वाराका एक जना पुरुष र पुष्पान्जली अस्पतालबाट पठाइएको वाराकै एक महिलामा संक्रमण पुष्टी भएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply