भीड नियन्त्रणमा लिन राप्ती १ मा हवाई फायर, स्थानीय एक प्रहरीको नियन्त्रणमा

0

डोलराज रानाभाट, गैंडाकोट, १ भाद्र । ढुंगाको विषयमा विवाद हुँदा जम्मा भएको भीड नियन्त्रण गर्न नेपाल प्रहरीले चितवनको राप्ती १ पिप्लेमा आज हवाई फायर गरेको छ । खैरेनी नगरपालिका वैरेनीकी एक महिलाले परेवासरी सामुदायिक वनबाट ढुंगा ल्याएर पुजा गर्न थालेपछि गाउँलेले आफ्नो वनको ढुँगा लैजान नपाइने र फिर्ता गर्नुपर्ने अडान राखेपछि विवाद भएको वडाअध्यक्ष सिद्धिलाल स्याङ्तानले जानकारी दिनुभयो ।

ती महिलाले आफूले सपनामा देखेको ढुँगा भएकाले पुजा गर्न लैजान लगेको भनेपछि ढुँगा हेर्न गाउँका अधिकाँश मानिसहरु सडकमा पुगेका थिए । विवाद हिजो भएपनि आज गाउँका केही मानिस ती महिलाले ढुंगा ल्याएको ठाउँमा गएर पुजा गरेको र सोही क्रममा केही मानिस काम्न थाल्दा लडेर एक महिलालाई सामान्य चोट लागेको स्याङतानले बताउनुभयो ।

आफू सहितको केही समुहले जिल्लामा जारी निषेधाज्ञाको पालना गर्न आग्रह सहित जम्मा भएको भीड हटाउँदै गर्दा जिल्लाबाट राजमार्गको अवस्थावारे अनुगमनमा पुगेको सुरक्षा प्रमुख सहितको टोलीबाट एक राउण्ड हवाई फायर भएको उहाँले बताउनुभयो । प्रहरीले एक जना युवालाई नियन्त्रण लिएको वडाअध्यक्ष स्याङ्तानको भनाइ छ ।

 

यता जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले विहान ११ बजेतिर जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले राजमार्गको अवस्थावारे अनुगमन गर्न जाँदा भीड देखेर सम्झाउन खोज्दा पनि नहटेपछि नेपाल प्रहरीले एक राउण्ड हवाई फाएर गरेको जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी डिएसपी सूर्य थापाका अनुसार अनुगमन समिति माथि हातपात गर्न खोज्ने स्थानीय ठाकुर वर्तौलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । कोभिड १९ को संक्रमण थप वढ्न नदिन राप्तीमा हिजो राति १२ बजेदेखि निषेधाज्ञा सुरु भएको हो भने भरतपुर महानगरपालिका भित्र गत शुक्रवार राति १२ बजेदेखि निषेधाज्ञा जारी ।

Share.

Leave A Reply