स्वाव दिएर लखर लखर हिँड्नेलाई चितवनमा कारवाही गरिने

0

डोलराज रानाभाट, चितवन, १ भदौ । कोरोना भाइरस कोभिड १९ भए नभएको परीक्षण गर्न स्वाव दिएपछि लखर लखर हिँड्नेहरुलाई चितवनमा कारवाही गरिने भएको छ । परीक्षणका लागि नमुना दिने तर आफूलाई केही नभएको जसरी सवैतिर हिँडडुल भेटघाट तथा जनसम्पर्कमा आउने जस्ता व्यवहार नगर्न आग्रह सहित यही व्यवहारका कारण अन्यमा पनि संक्रमण सर्ने खतरा रहेकाले रिपोर्ट नआउँदासम्म स्वाव दिएर अलग्गिएर वस्न भनिएको छ । साथै कन्टयाक्ट ट्रेसिङमा परेका वा लक्षण देखा परेकाले मात्रै परीक्षण गराउन सुझाव दिइएको छ ।
त्यसरी स्वाव दिएका व्यक्तिहरुको विवरण संकलन गरी विभिन्न अस्पतालहरुले जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराउने र सो को आधारमा प्रहरीले अनुगमन गर्ने निर्णय भएको छ । स्वाव दिएर होम क्वारेनटाइनमा नवसेको पाइए संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुने प्रशासकीय अधिकृत खेमराज पौेललले जानकारी दिनुभयो।

कन्टयाक्ट ट्रेसिङमा समस्या भएपछि जिल्लामा जारी निषेधाज्ञालाई ध्यान दिएर हिजो वसेको जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले उच्च जोखिम समूहको वर्गीकरण गरी निशुल्क र सशुल्क परीक्षण गर्न गराउन आह्वान गरिएको छ ।

 

जोखिम समुहहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने लगायत कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखा परेका व्यक्तिहरु, विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान र निर्माण सम्वन्धी काम गर्ने आयोजनाहरुमा बाहिरबाट ल्याइएका कामदार र सम्पर्कमा र।हेका स्थानीय कामदारहरु पनि, सिपिङ मल, रेष्टुरेन्ट होटल आदि उद्योग व्यवसायमा संलग्न हुने व्यक्तिहरु र कृषि कामदार र स्व पेशा व्यवसाय पसल ग्यारेज आदि संचालन गर्न हालैमात्र अन्य जिल्लाबाट आएका व्यक्तिहरु परेका छन् ।

यसरी जोखिम समुहको पहिचान गरी निशुल्क सशुल्क परीक्षणका लागि सहजीकरण गर्न वडा तथा टोललाई आग्रह गरिएको छ । भोलिबाट चितवन मेडिकल कलेजले पनि कोभिड १९ परीक्षण गराउने भएपनि ६ हजार ५० तिरेर नमुना परीक्षण गराउन सकिने छ ।

Share.

Leave A Reply