वौदिकालीका एक पुरुषमा कोरोना संक्रमण

0


भदौ १, नवलपुर । नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्लामा आज १ जनामा कोरोना संक्रमण देखिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा वौदिकाली वडा नम्बर ४ का ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा आज थप ४ जनामा संक्रमण भएको पाईएको छ । वौदीकाली गाउँपालिकासँगै पोखरा महानगरपालिका १७, वालिङ १४ र २ का गरि ४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १७३९ पुगेको छ । हालसम्म १५४९ जना निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्रा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

Share.

Leave A Reply