चौधरी फाउण्डेशनद्धारा नारायणीअस्पताललाई भेन्टिलेटर हस्तान्तरण

0

वीरगंज, १ भाद्र । चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले वीरगंज स्थित नारायणी अस्पताललाई गम्भीर बिरामीको उपचारमा आवश्यक पर्ने भेन्टिलेटर हस्तान्तरण गरेको छ । आइतवार वीरगंज स्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आयोजित एक कार्यक्रममा चौधरी फाउण्डेशनका प्रतिनिधिले भेण्टिलेटर हस्तान्तरण गरेका हुन ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामांङले कोभिडको महामारीको समयमा अस्पताललाई भेन्टिलेटर सहयोग गरेर चौधरी फाउण्डेशनले ठुलो गुन लगाएको भन्दै खुशिब्यक्त गर्नुभयो । उक्त अबसरमा अस्पताल बिकास समितिका अध्यक्ष पुरेन्द्र लाभको उपस्थिती रहेको थियो । भेन्टिलेटर प्राप्त गरेपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा बिरेन्द्र कुमार प्रधानले भेन्टिलेटरको अभावले उपचार सेवा प्रभावकारी हुन नसकेको समयमा चौधरी फाउण्डेशनले भेन्टिलेटर सहयोग गरेर सामाजिक उत्तरदायित्व र कर्पोरेट भूमिका निर्वाह गरेको बताउनुभयो ।

फाउण्डेसनका प्रतिनिधि राजचन्द्र धितालले ७ वटै प्रदेशमा कोभिडको उच्च जोखिममा उपचार गर्दै आएका सरकारी अस्पताललाई क्रिटीकल विरामीहरुलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरेको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा चौधरी फाउण्डेशनका महाप्रबन्धक दामोदर भण्डारी , फाउण्डेशनका प्रतिनिधि रामचन्द्र धिताल र आषिश बराल लगायतको उपस्थिती रहेको थियो ।

 

चौधरी फाउण्डेशनले ७ वटै प्रदेशका कोभिड उपचार हुने सरकारी अस्पतालाई भदौ पहिलो साताभित्र भेन्टिलेटर हस्तान्तरण गर्ने जनाएको छ । फाउण्डेशनले यस अघि सात वटै प्रदेशमा कोरोना उपचारमा संलग्न चिकित्सकको जिवन रक्षाका लागि अत्यावस्यक पर्ने पिपिई, मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ ।

Share.

Leave A Reply