गैंडाकोट ९ का मुस्कानले वनाए चार पाँग्रे गाडी, सरकारले सहयोग गरे इन्जिन पनि वनाइदिने दावी

0

डोलराज रानाभाट, गैंडाकोट, ३१ साउन ।गैंडाकोट नगरपालिका वडानम्वर ९ निवासी १९ वर्षीय मुस्कान सापकोटाले चारपाग्रे गाडी आफू एक्लैले निर्माण गर्नुभएको छ । विजय सामुदायिक शिक्षा सदन गैडाकोटकामा अध्ययन गरी सोही विद्यालयमा पढाउँदै र कम्प्युटर अपरेटर पदमा काम गर्दै आउनुभएका सापकोटाले ६ महिनाको अवधिमा गाडी निर्माण गरेको बताउनुभयो ।

लकडाउनले सामान जुटाउन ढिलाई भएपनि एक महिनामै फिट गरेर गाडी सडकमा कुदाउन मिल्ने गरी निर्माण सम्पन्न भएको बताउनुभयो । वुवा पिताम्वर सापकोटा र लक्ष्मी सापकोटाको कोखबाट जन्मिनुभएका सापकोटाले सानै कक्षाबाट मेकानिकल मा विशेष ध्यान दिएको र वस डोजर वनाएको बताउनुभयो । अहिले लकडाउनको फुर्सदमा के गरेर समय विताउने भन्दा भन्दै गाडी नै निर्माण गर्न सकेको भन्दै आफूलाई सरकारले सहयोग गरे इन्जिन समेत निर्माण गरी ठूला ठूला डिजाईनका गाडि वनाइदिने दावी गर्नुभयो । अहिले आफ्नो व्यक्तिगत ३ लाख वढि खर्चमा गाडी निर्माण भएको भन्दै अव छानो हाल्न र पछाडी सामान राख्ने भए तयारी पुरा भएको तर सिट नै बनाएर यात्रु राख्ने भए सो समेत निर्माण गर्न मिल्ने बताउनुभयो ।

डिजाइन पनि आफ्नै भएको बताउँदै सापकोटाले सरकारले लगानी गरी थप हौसला दिए आफूले सस्तो मुल्यमा गुणस्तरीय गाडी वनाई नेपालमा प्रयोग गर्ने गरी विभिन्न डिजाईन वनाउने सक्ने बताउनुभयो । अहिले एनएस मोटरसाइकलको इन्जिन प्रयोग गरिएको र पेट्रोलबाट संचालन हुने उक्त गाडीको अगाडी चालक सहित दुई जना र पछाडी सामान राख्न मिल्ने व्यवस्था छ । आफ्नै विद्यालयमा अध्ययन गरी गाडी निर्माण गर्दा आफूहरु धेरै खुशी रहेको र उहाँलाई थप हौसला र सहयोग आवश्यक भएको विजय सामुदायिक शिक्षा सदनका प्रिन्सिपल रामचन्द्र न्यौपानेले विजय एफएमलाई बताउनुभयो ।

मेहनती मुस्कान सापकोटाले आफू युवा भएका कारण सरकारले आफ्नो क्षमतालाई थप पहिचान सहित अवसर दिनुपर्ने बताउनुभयो । अहिले तत्काल आफूले बनाएको गाडीको थप परीक्षण गरी सडकमा गुड्न अनुमति दिनुपर्ने र थप लगानी गरिदिनुपर्ने बताउनुभयो ।


आफ्नै वडामा उज्जवल एवम परिश्रमी नयाँ इन्जिनियरको जन्म भएको भन्दै हनुमान मन्दिर समिति गैडाकोट ९ ले आज विशेष सम्मान गरेको छ । हरेक शनिवार गरिने सन्ध्या आरतीमा उहाँले बनाएको गाडीको उद्घाटन गर्दै वडा सहित नगरकै गौरव रहेको र यसको थप विकास र सहयोग गर्दै प्रचार प्रसार गर्न आवश्यक भएको मन्दिरका अध्यक्ष टिकाराम सापकोटाले बताउनुभयो ।

 

सन्ध्या आरती कार्यक्रममा वडाअध्यक्ष प्रेम प्रसाद सापकोटा, वडासदस्य भवानी वर्तौला, मन्दिरका अध्यक्ष सचिव सहित पदाधिकारी र वडावासीहरुको उपस्थिती रहेको कार्यक्रममा सहजीकरण गर्नुभएका पिताम्वर सापकोटाले बताउनुभयो ।

 

Share.

Leave A Reply