भरतपुर कोभिड १९ परीक्षण ल्याव २४ सै घण्टा संचालन गरिने, महानगरक्षेत्रमा ७ दिने निषेधाज्ञा

0

डोलराज रानाभाट, चितवन, ३० साउन । चितवनको भरतपुर महानगरपालिमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । भरतपुर अस्पतालको ड्युटीमा रहेका चिकित्सक र नर्स सहित महानगरभित्र रहेका अन्य विभिन्न अस्पतालका डाक्टर नर्स अन्य कर्मचारी तथा समुदायका व्यक्तिमा समेत कोभिड १९ पुष्टी भएपछि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराले बताउनुभयो । प्रशासन र भरतपुर महानगरपालिकाले आज सूचना जारी गर्दै नियमको पालना गर्न सवै महानगरवासीलाई अनुरोध गरिएको छ । प्रशासनले पुन अर्को सुचना जारी गर्दैै शान्ति सुरक्षा वाहेक अन्य सवै सेवा पूर्ण रुपमा ठप्प रहेको जानकारी दिइएको छ ।

आज सूचना जारी गरी राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम महानगरक्षेत्रभित्र लागु हुने गरी निषेधाज्ञा जारी गरिएको र अवज्ञा गरे कानून अनुसार कारवाही गर्ने चेतवानी दिइएको छ ।

 

चितवनको समुदायस्तरमा कोभिड १९ फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अत्यावश्यकीय खाद्य सामाग्री खरिद गर्न विहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म वाहेक व्यक्ति घर वाहिर हिडँडुल गर्न नपाइने, अत्यावश्यक सवारी वाहेकका दुई पाङ्ग्रे  सहित सवै प्रकारका निजी तथा सार्वजनिक सवारी संचालन नगर्ने, स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय वाहेक अन्य सरकारी कार्यालय, गैर सरकारी संस्था वैँक तथा वित्तीय संस्था सहकारी संचालन नगर्ने र विवाह व्रतवन्ध लगायतका भेटघाट हुने कार्यमा पूर्ण रोक लगाइएको छ ।

इमरजेन्सी कक्ष आजै संचालन गर्छौँ ः अध्यक्ष अधिकारी

भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले सिल गरिएको क्षेत्रलाई निर्मलीकरण गरिसकिएको र छिट्टै संचालनमा ल्याउने बताउनुभयो । इमरजेन्सीमा कार्यरत एक जना नर्समा र आइसियुमा कार्यरत चिकित्सकमा कोभिड १९ देखिएपछि दुवै क्षेत्रलाई सिल गरिएको थियो । त्यहाँ कार्यरत चिकित्सक कर्मचारी जसलाई पोजेटिभ आएको छ उहाँहरुलाई क्वारेनटाइनमा पठाइएको र त्यहाँका सवै विरामीको पनि पीसीआर परीक्षण गरिने भएको छ । अहिले साधारण सेवाबाट काम अघि वढेको बताउँदै मध्य रातीसम्म इमरजेन्सी संचालन गर्ने बताउनुभयो ।

‘सिल शब्द सहि वुझेनन्’

अध्यक्ष अधिकारीले सिल भन्ने शब्द नवुझ्दा समस्या भएको बताउनुभयो । कतिपयले सिल भनेको लामो समय गरिने कार्य भएको वुझेकाले सहि अर्थ वुझिदिन आग्रह गर्नुभएको छ । संकटको समय हरेक शब्द र कार्यको अर्थपूर्ण वुझाई सवैमा भए समस्या नआउने उहाँको भनाई छ । सिल भन्नाले , “जो जहाँ जसरी छ, विरामी, चिकित्सक, नर्स र स्वास्थ्यकर्मी अन्य कर्मचारी सोही ठाउँमा वस्ने । भित्रको व्यक्ति वाहिर जान नदिने र वाहिरको भित्र । त्यहाँ पोजेटिभ आएका व्यक्तिलाई क्वारेनटाइनमा पठाउने र वाँकी रहेका व्यक्तिहरुलाई पीसीआर परीक्षण गर्न पठाउने । त्यसपछि उहाँहरुमा नेगेटिभ आयो भने सोही ठाउँलाई निर्मलीकरण गर्ने र सेवा दिने भन्ने हो ।”

भरतपुर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत दिपक सुवेदीका अनुसार आज सम्म महानगरभित्र कोरोना संक्रमितको सख्या ९९ पुगेको जानकारी दिनुभयो । निषेधाज्ञासँगै कोभिड १९ को स्वाव लिने र परीक्षणको कार्यलाई थप तिव्र पारिने भएको छ ।

समग्रमा अहिलेको अवस्थामा परीक्षणको दायरा वढाउने, लकडाउनको प्रभावलाई स्वास्थ्यमा सल्लाह गर्ने, राज्यबाट जनताले पाउने सेवा र निजी अस्पतालहरुलाई पनि सहभागी गराउने गरी आज अस्पतालको प्रशासन भवनमा प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगर प्रमुख, जनप्रतिनिधि, निजी अस्पतालका संचालक, चिकित्सक सहितको एउटा महत्वपूर्ण वैठक आज वसेको छ ।

त्यस्तै सरकारले हरेक निजी अस्पतालहरुले कोभिड १९ का संक्रमितको उपचारका लागि २० प्रतिशत वेड छुट्याउन गरेको आह्वानलाई पनि चितवनमा प्रभावकारी कार्यान्वयनमा लगिने भएको छ । प्रदेश नम्वर २ को विरगन्ज जस्तै वेडनै नपाउने अवस्थालाई पनि ख्याल गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । त्यसका लागि मेडिकल कलेज र भरतपुर अस्पताल, भरतपुर अस्पताल र साना अस्पतालवीच समन्व्य हुने गरी समिति निर्माण गरिने भएको छ ।

भरतपुर कोभिड १९ ल्यावमा थप कर्मचारी थपेर २४ घण्टै ल्याव संचालन गर्ने र निकट भविष्यमा सीएसीले ल्याएको ल्याव संचालन गर्ने र क्यान्सर अस्पतालले पनि कोभिड १९ को परीक्षण गर्ने ल्याव ल्याउन सुरु गर्ने र कन्टयाक्ट ट्रेसिङ प्रभावकारी गराई परीक्षण गरिने भएको छ ।

वेडको अवस्था

चितवनलाई ७५ भेन्टिलेटर, ठिक दोव्वर १५० आइसीयु र आइसीयुको दोव्वर ३०० आइसोलेसन आवश्यक पर्ने अनुमान गरी सोही अनुसारको प्रपोजल आफूले पेश गरेको र प्रपोजलमा निजी मेडिकल र साना अस्पताल सहित मिलेर गरिने बताउनुभयो । त्यसका लागि खाका तयार हुँदै गरेको डा अधिकारीले बताउनुभयो ।

Share.

Leave A Reply