नवलपुरमा राती ९ देखि विहान ५ बजेसम्म हिँडडुलमा रोक, भाद्र ६ सम्म नगरपालिका भित्र लकडाउन

0

फोटो ः पत्रकार दयाराम आचार्य

डोलराज रानाभाट, २९ साउन । कावासोतीमा कार्यरत एक जना पत्रकार र एक जना वैँकर्समा कोभिड १९ देखापरेपछि राती ९ वजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाइएको छ ।

 

आज जिल्ला प्रशासन कार्यालय नवलपुले एक सुचना जारी गर्दै अर्को निर्णय नहुँदासम्म रातमा हिँड्न वन्द गरिएको हो त्यस्तै कावासोती नगरपालिका क्षेत्रमा भाद्र ६ गते सम्म लकडाउन गर्ने निर्णय नगरपालिको बिहिबार बसेको नगरकार्यपालिकाको बैंठकले गरेको छ। आज दिउसो २ बजेदेखि भाद्र ६ गतेसम्म स्वास्थ्य सेवा वाहेक पालिका क्षेत्रभित्रका सम्पूर्ण सरकरी कार्यालय, गैरसरकारी कार्यालय लद्युवित्त संस्था, वैँक सहकारी सम्पुर्ण होटल रेष्टुरेष्ट र पर्यटन व्यवसायहरु वन्द गरिने भएको हो ।

 

प्रवक्ता खेम प्रसाद काफ्लेद्धारा जारी प्रेस विज्ञप्ती र जिल्ला प्रशासन कर्याालय नवलपुले जानकारी गरेको सुचना भने वाझिएको छ जसले सरकारी कार्यालय खुल्ला हुने की वन्द भन्ने अन्योलता वढेको छ । मालपोत कार्यालयले भने आफ्नो सेवा वन्द गरेको जानकारी गराएको छ ।

 

प्रशासनले सुचना प्रकाशीत गरी न्युनतम जनशक्ति परिचालन गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरी कार्यालयहरुबाट सेवा प्रदान गर्न भनिएको छ भने नगरपालिकाले नगरभित्रका सवै कार्यालयको सेवा वन्द गर्ने भनी सुचना जारी छ ।

 

गैंडाकोटमा साउन २७ र २८ गते संकलित स्वाव मध्य एक वाहेक सवै नेगेटिभ

 

नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले कार्यलयहरुमा सतर्कता अपनाएर संचालन हुने र नगरपालिकाको निर्णय बारे आफूलाई थाहा नभएको तर प्रशासनले सुचना निकालेर प्रस्ट पारेको बताउनुभयो ।

 

आआफ्ना सूचना

Share.

Leave A Reply