गैंडाकोटमा साउन २७ र २८ गते संकलित स्वाव मध्य एक वाहेक सवै नेगेटिभ

0

डोलराज रानाभाट, गैंडाकोट, साउन २९ । गैंडाकोट नगरपालिकामा साउन २७ गते संकलन गरिएको ६३ स्वावको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले जानकारी दिनुभयो ।

वैँक वित्तीय संस्था, पत्रकार लगायतका स्वाव संकलन गरिएको र पोखरा मा परीक्षण गरेपछि रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै साउन २८ गते संकलन गरिएका ७१ स्वावमध्ये १ जनालाई कोभिड १९ पुष्टी भएको छ । अन्य ७० स्वावको रिपोर्ट भने नेगेटिभ आएको शाखा प्रमुख पौडेलले विजय एफएमलाई जानकारी दिनुभयो ।

कोभिड १९ पोजटिभ हुने गैडाकोट २ का २५ वर्षीय परुष रहेका छन् । उनी होमक्वारेनटाइनमा वस्दै आएका थिए । भारतबाट आएका उनमा संक्रमण पुष्टी भएपछि अहिले रजहर प्राकृतिक चिकित्सालय पठाइएको छ । त्यस्तै आज नै विनयी त्रिवेणी गाउँपालिकाका एक जनामा रिर्पोट पोजेटिभ देखिएको छ । ८७ स्वाव संकलन गरेर परीक्षण गर्न वुटवल पठाएको मध्ये ८६ स्वावको रिपोर्ट भने नेगेटिभ आएको छ । उता भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालाका अनुसार नवलपुर जिल्ला ठेगाना भई भरतपुर अस्पतालमा उपचाररत एक २८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टी भएको छ । यद्यपी उनको वारेमा थप विवरण आउन वाँकी छ ।

 

यसरी उनलाई समेत समावेश गर्दा जिल्लामा हालसम्म ३३७ जना संक्रमित रहेका छन् । त्यसमध्ये ३२७ जना निको भई घर फर्किसकेका छन् । अहिले संक्रिय संक्रमित १० जना मात्रै रहेका छन् ।

Share.

Leave A Reply