गैडाकोट २ को भृकुटी चोकमा भीडभाड, सवारीको तत्काल व्यवस्थापन गर्न स्थानीयको माग

0

डोलराज रानाभाट, गैंडाकोट २८ साउन । कोरोनाको त्रास कायमै रहदा गैडाकोट २ को भृकुटी चोकमा अस्तव्यस्त वनेको सवारीको भीडलाई तत्काल नियन्त्रण गर्न माग गरिएको छ ।

भृकुटी टोल विकास संस्था र स्थानीयहरुले २६ गते सोमवार हस्ताक्षर नै गरेर कोभिड १९ बाट बच्न भीडभाडमा जान नहुने, मास्क लगाउनुपर्ने र भौतिक दुरी कायम हुनुपर्नेमा भृकुटी चोकमा भने यात्रुवाहक सवारीको भद्रगोल र यात्रुहरुको दौडधुपले अव्यवस्थित र संक्रमण फैलने डर वढेको स्थानीय शिवशर्मा आचार्यले बताउनुभयो । यदि यही भीड कायम रह्यो र व्यवस्थापनमा चासो नदिए उक्त चोक कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु हुने निश्चित रहेको भन्दै तत्काल अन्यत्रै खुल्ला ठाउँमा सार्न गैंडाकोट नरपालिकालाइ हस्ताक्षर सहितको पत्र वुझाइएको राजेन्द्र पौडेलले बताउनुभयो । साथै गैडाकोट २ को वडाकार्यालय, इलाका प्रहरी कार्यालय गैडाकोट, विभिन्न वस व्यवसायी समिति,अटो व्यवसाय समिति, म्याजिक व्यवसाय समिति लगायतलाई वोधार्थ गरिएको छ ।

आफ्नो गाउँठाउँको सुरक्षा तथा स्वास्थय समस्या समाधानका लागि स्थानीय तहले कानुन वनाएरै उचित निर्णय लिनसक्ने भएपनि गैडाकोट नगरपालिकाले त्यो नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । समयमै समस्याको समाधान नभए स्थानीय टोल विकास संस्था र जनताले थप कार्यक्रम बनाई अघि वढ्ने पत्रका बताइएको छ ।

 

यता वडाअध्यक्ष ध्रुव पौडेले वडाले समाधान गर्न नसक्ने समस्या भएकाले नगरपालिकाले यसमा सक्रियता देखाउनपर्नेमा जोड दिनुभयो । स्थानीय सवारी भएकाले अन्य कुन ठाउँमा रोक्न लगाउने भन्ने नै समस्या भएको बताउनुभयो । यस्तै इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख चन्द्र वहादुर थापाले भौतिक दुरी कायम राख्न मास्क सेनीटाइजर प्रयोग भएका नभएको लगायत सवारीको व्यवस्थापनमा प्रहरी परिचालन गरिरहेको बताउनुभयो । तर ठाउँको व्यवस्थापन गर्ने क्षमतामा आफूहरु नभएको बताउनुभयो ।

Share.

Leave A Reply