नवलपुरका एक पत्रकारमा कोभिड १९ पुष्टी

0

गैंडाकोट, २८ साउन । नवलपुरका एक जना पत्रकारमा कोभिड १९ पुष्टी भएको छ भने एक जना वैँकर्समा पनि कोभिड १९ देखिएको छ । पत्रकारसहित समुदायका व्यक्तिहरुको मध्यविन्दु अस्पतालमा १९४ स्वाव संकलन गरी परीक्षणका लागि पोखरा पठाइएकोमा आज संक्रमण पुष्टी भएको हो ।

त्यस्तै जिललामा आज मात्रै २१७ जनाको स्वाव संकलन गरिएको छ । गैंडाकोट नगरपालिकामा ७१, देवचुलीमा ७०, मध्यविन्दुमा ७६ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएृको स्वास्थ्य कार्यालय नवलपुले जानकारी दिएको छ । आज संक्रमण पुष्टी भएका दुवै जनालाई रजहर स्थिती प्राकृतिक चिकित्सालयमा राखिएको छ ।

कन्टयाक्ट ट्रेसिङको कार्य सुरु गरिएको छ । यसैविच नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले प्रेस विज्ञप्ती जारी गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

साथै अन्य पत्रकारहरुलाई सुरक्षाका उपाय नपनाएर मात्रै आफ्नो कर्म गर्न आग्रह गर्नुभएको छ । विभिन्न स्थानीय सरकारसँग मिलेर पत्रकारहरुको कोभिड १९ को परीक्षणको व्यवस्था मिलाएको बताउँदै अध्यक्ष रानाभाटले पत्रकारहरुको मनोबल उच्च राख्न र हर तरहले जस्तो सुकै सहयोग गर्न पनि महासंघ तयार रहेको बिज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

Share.

Leave A Reply