बर्ष २०२१ को राष्ट्रिय अध्यक्षमा पुर्ब अध्यक्ष सापकोटालाई सिफारिस गर्ने गैंडाकोट जेसिजको निर्णय

0

अजय पौडेल,गैंडाकोट, २८ साउन । गैंडाकोट जेसिजका पुर्ब अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०२० का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गोकुल सापकोटालाई बर्ष २०२१ को राष्ट्रिय अध्यक्षमा सिफारिस गर्ने गैंडाकोट जेसिजले निर्णय गरेको छ ।

आज बसेको जेसिज बोर्ड बैठक तथा पुर्ब अध्यक्षहरुको समेत सहभागीतामा सापकोटालाई सिफारिस गर्ने निर्णय भएको गैंडाकोट जेसिजका अध्यक्ष सुशील काफ्लेले जानकारी दिनुभयो ।

स्पष्ट अडान,तार्किक क्षमता,अध्ययनशील तथा नेतृत्व गर्न सक्ने सापकोटाको विजयले गैंडाकोट जेसिज मात्रै नभई नेपाल जेसिजको कार्यकाल पनि स्वर्ण अक्षरले लेखिने भएकाले सम्पुर्ण शाखाहरुलाई सहयोगको लागी आग्रह गर्ने निर्णय भएको गैंडाकोट जेसिजका अध्यक्ष काफ्लेले बताउनुभयो ।

राष्ट्रिय अध्यक्षमा सापकोटाले जित्न सक्ने प्रशस्त आधारहरु रहेकाले जेसिजका शाखाहरुसंग समन्वय गर्ने,प्रबिधिको प्रयोग गरि सहयोग माग्ने लगायतका कार्यहरु गर्ने निर्णय भएको गैंडाकोट जेसिजका महासचिव शंकर अधिकारीले जानकारी दिनुभयो ।

 

स्थापना भएको छोटो समयमा नै राष्ट्रिय स्तरमा राम्रो छवि बनाउन सफल गैंडाकोट जेसिजले यस अगाडि पनि राष्ट्रिय उपाध्यक्ष, राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा सफलता हात पारेकोले अब अध्यक्षमा पनि सफलता प्राप्त गर्ने दावी राष्ट्रिय अध्यक्षमा सिफारिस हुनुभएका सापकोटाको छ ।

Share.

Leave A Reply