माया कंडेल
साउन २८, गैंडाकोट ।
शिक्षालाई प्रबिधिसंग जोड्नुपर्नेमा सरोकारवाला तथा युवाले जोड दिएका छन । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरको आयोजनामा भएको भर्चुअल संवादमा सहभागि सरोकारवाला र युवाले अवको समयमा प्राबिधिक र प्रबिधिको शिक्षालाई जोड दिनुपर्ने बताएका हुन । शैक्षीक विकास नै विकासको पूर्वाधार भएकाले पनि यसमा युवाको भुमिका र सहभागिता आवश्यकता रहेको बतार्यएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरको आयोजना, विजय विकास स्रोत केन्द्रको सहयोग एवं सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको समन्वयमा भएको कार्यक्रममा सरोकारवालाले शिक्षाको विकासमा युवावर्गको सहभािगतामा वृद्धि गर्नुपर्ने सुझाब दिएका हुन ।
नवलपुरमा ४ सय ७ वटा विद्यालय रहेको र १लाख २५ हजार ७ सय ६४ जना युवा रहेका छन । शिक्षालाई बिकासको मुल आधार मानिने भएकाले शिक्षाको विकासका लागि महत्वपूर्ण भुमिका रहेको शिक्षा तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलको भनाई छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरका संयोजक लक्ष्मी गौतमले शिक्षाका लागि राष्ट्रिय अभियानले गुणस्तरिय शिक्षाका लागि काम गरिरहेको बताउदै आगामी दिनमा जनप्रतिनिधि र अन्य सरोवालासंग समन्वय गरेर अगाडी बढने र शिक्षामा युवाको परिचालन गर्ने पनि बताउनुभयो ।
युवाअवस्थामा आर्जेको ज्ञानलाई नै भविष्यमा प्रयोग गर्ने भएकाले शिक्षामा युवाको भुमिका हुनुपर्ने अनेरास्ववियुका नवलपुर जिल्ला अध्यक्ष ठाकुर प्रसाद पराजुलीले बताउनुभयो । युवा र शिक्षा एकअर्काको परिपुरक भएको पनि उहाँको भनाई छ उहाले विद्यार्थी शिक्षकका लागि आफु र आफ्नो संगठनले आवाज उठाईरहेको पनि बताउनुभयो ।
कार्यक्रममा नवलपुरलाई शैक्षीक हवको रुपमा विकास गराउन आश्यक रहेको नेविसंघ नवलपुर जिल्ला अध्यक्ष राजेश पौडेलको भनाई छ । स्थानीय तह र सरोकारवालालाई शैक्षीक विकास र शिक्षाका लागि सजग र सचेतना जगाउन ध्यानाकर्षण गरिएको पनि उहाँले बताउनुभयो ।
बालमैत्री अभियान्ता दिपक शर्माले युवालाई परिचालन गर्दे अगाडी बढनुपर्ने बताउनुभयो । उहाँले नेतृत्व लिन र विकास रोजगारीका लागि युवालाई प्रेरणा दिन आवश्यक रहेको बताउदै अन्य सरोकारवाला निकाय संग हातेमालो गरेर अगाडी बढने पनि बताउनुभयो ।
नवलपुर क्षेत्रका शिक्षा शाखाका सरोकारवालाहरुले शैक्षिक विकासका सन्दर्भमा युवाहरुलाई स्वयं सेवीको रुपमा परिचालन गर्नुपर्ने, सबै स्थानीय तहमा शिक्षाको विकासका लागि प्रष्ट नितिगत व्यवस्था हुनुपर्ने, वैकल्पिक शिक्षा प्रणालीका लागि प्रविधिको विकासमा सबै एकजुट हुनुपर्ने बताएका छन् । कार्यक्रममा करिब ३० भन्दा बढि युवाको सहभागिता रहेको थियो ।