भरतपुरका विभिन्न अस्पतालहरुमा उपचाररत सहित एकै पटक २१ जनामा कोभिड १९ पुष्टी,कन्टयाक्ट ट्रेसिङमा आएका प्रहरीहरुको रिपोर्ट नेगेटिभ

0

डोलराज रानाभाट, गैंडाकोट, साउन २८ । चितवनको भरतपुरमा रहेका विभिन्न अस्पतालमा उपचाररत र क्वारेनटीनमा रहेका सहित २१ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा साउन २७ गते गरिएको ३१० नमुना मध्ये भरतपुर सरकारी अस्पताल,विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, नेसनल सिटी अस्पताल र मौलाकालिका अस्पतालमा उपचाररत सहित चितवनका १६, बाराका १, बैतडीका १, तनहुँका २ र रौतहटका एक गरी २१ जनामा कोरोना भारस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो ।

क्वारेनटीन र अस्पतालमा उपचार गराइरहेका चितवनका मात्रै १६ जनामा कोभिड १९ पुष्टी भएको छ । जसमा भरतपुर महानगरपालिका १,३,४,८,१० र ११ नम्वर वडाका ७ पुरुष र ५ महिला, क्वारेनटीनमा रहेका राप्ती नगरपालिका ६ का ३ जना पुरुष, मौलाकालिका अस्पतालमा उपचारत इच्छाकामना गाउँपालिका ५ का १ जना ७८ वर्षीय महिलामा सक्रमण पुष्टी भएको हो ।
त्यस्तै भरतपुर अस्पतालमा उपचाररत वारा सिमरा ९ का ४५ वर्षीय पुरुष, विपी कोइराला क्यान्सर अस्पतालमा उपचारत वैतडी दिलासैनी ३ का ४० वर्षीय पुरुष मुरानो मेडिकल कलेजमा उपचाररत रौतहटका ८ वर्षीय वालिका र क्वारेनटीनमा रहेका तनहुँका २ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।

कन्टयाक्ट ट्रेसिङमा आएका प्रहरीको कोभिड १९ को रिपोर्ट नेगेटिभ
यसैविच गत साउन २४ गते २ जना प्रहरी सहित एक जना थुनुवालाई कोभिड १९ पुष्टी भएपछि कन्टयाक्ट ट्रेसिङमा आएका १६ प्रहरी सहित २६ जनाको रिपोर्ट नेगेटिभ आउको छ । थुनुवा कक्ष, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिल गरेर पहिलो चरणमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १० जना र १६ जना प्रहरी कर्मचारीको स्वाव लिएर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिनुभयो । 

Share.

Leave A Reply