गैंडाकोट १ हिसाव पारदर्शीतामा अगाडी, कोभिड १९ रोकथाम र नियन्त्रणका खर्च सार्वजनिक

0

डोलराज रानाभाट, २७ साउन । गैंडाकोट नगरपालिका वडानम्वर १ ले कोभिड १९ रोकथाम नियन्त्रणका लागि भएका सवै खर्च विवरण सार्वजनिक गरेको छ । वडाअध्यक्ष हरिप्रसाद सापकोटाले गत साउन १६ गतेसम्मको खर्च विवरण सार्वजनिक गर्नुभएको हो ।

जनताको करबाट भएको खर्चको एक एक हिसाव वुझाउने दायित्व जनप्रतिनिधिको भएकाले वडामा भएका खर्च विवरण सार्वजनिक गर्दै वडाको नेपाल राष्ट्रिय शमसेर आदर्श माविमा क्वारेनटाइन निर्माण गरिएको थियो । क्वारेनटाइनमा वसेका ३२ मध्ये जम्मा ४ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको थियो ।

उहाँहरु प्नि सवै जना निको भइसक्नुभएको छ । अहिले विद्यालयको क्वारेनटाइन साउन १५ वाट वन्द भइसकेकोछ । २७ दिनसम्म संचालनमा आएको उक्त क्वारेनटाइन संचालन देखि व्यवस्थापन, खाना खाजा औषधि लगायतमा ३ लाख ५७ हजार ७८८ रुपैया खर्च भएको वडाअध्यक्ष सापकोटाले बताउनुभयो । त्यस्तै लकडाउनका कारण समस्यामा परेको विपन्न जनताका लागि नगरपालिकाबाट प्राप्त ४७३ पोका, वडावाट १३०, उद्योग वाणिज्य संघबाट ३४, केहरसिँह रानाबाट २५, षडानन्द लामिछानेबाट २०, शिवराज काफ्लेबाट १७ र सफा सुन्दर हरियाली बाट २५ पोका प्राप्त गरी करिव ६ लाख १६ हजार वरावरको राहत वितरण भएको सापकोटाले बताउनुभयो ।

 

नगरपालिकाबाट प्राप्त ८०० र तयारी पोसाकबाट प्राप्त १२०० थान मास्क वितरण गरिएको छ । क्वारेनटाइको समय विभिन्न संघ संस्था, टोल विकास, संचारमाध्यम, विभिन्न राजनीतिक दल, जनप्रतिनिधि सवैको सहयोग प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ । साथै विद्यालयमा क्वारेनटाइन हटाइएपछि अहिले १ देखि ९ वडाका व्यक्तिहरु राख्न ग्रीनपार्क होटल भाडामा लिएको उहाँले बताउनुभयो । साउन २५ गतेको नगरकार्यपालिकाबाट उक्त निर्णय गरिएको र मासिक २५ हजार भाडा तिर्ने गरी टुगो लागेको उहाँको भनाई छ ।

Share.

Leave A Reply