पुतलीबजारको सिल हटाइयो , संक्रमितको घरमा मात्रै कडाई

0

तस्विर ः चितवन प्रहरी

चितवन, साउन २७ । भरतपुर १ पुतलीबजार क्षेत्रमा गरिएको सिल आज हटाइएको छ । उक्त क्षेत्रमा रहेको एक घर परिवारका सदस्यमा कोभिड १९ संक्रमण देखिदै जाँदा साउन २३ गते वेलुकी ५ वजेदेखि सिल गरिएको थियो ।

भिमसेन मन्दिर देखि मिनिसो मार्ग चोक देखि मेन रोड सम्मको क्षेत्रका करिव १०० घर सिल गरेर स्वाव संकलन गर्दा परिवारका सदस्यमा वाहेक सवैको रिपोर्ट नेगेटिभ आएको थियो ।

आज देखि संक्रमित घर मात्र सिल गरि अन्य स्थानलाई सामान्य गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Share.

Leave A Reply