मास्क नलगाई हिँड्ने ४६ जना गैंडाकोट प्रहरीको कारवाहीमा

0

तस्विर ः डोलराज रानाभाट

२७ साउन । गैंडाकोटमा मास्क नलगाई हिडेका ४६ जनालाई कारवाही गरिएको छ ।

इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख चन्द्रवहादुर थापाका अनुसार मास्क भएर पनि लापार्वाही गर्नेहरु धेरै रहेको भन्दै विगत तीन दिनदेखि निरन्तर चेकजाँच गरिएको र मास्क हातमा लिने, चिउडोमा अड्याउने खल्तीमा हाल्ने धेरै भेटिएको उहाँले बताउनुभयो ।

पटक पटक कोभिड १९ को संक्रमण बाट बच्न मास्क लगाउने, सेनीटाइज गर्ने, भौतिक दुरी कायम राख्न पटक पटक आग्रह गर्दापनि नागरिकले लापर्वाही गरेको पाइएको छ ।

 

उनीहरुलाई एक सय रुपैयाको दरले जरिवाना गरिएको इन्सपेक्टर थापाले जानकारी दिनुभयो । पुल्चोक र भृकुटी चोकमा चेकजाँच जारी रहेको हो ।

Share.

Leave A Reply