भरतपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टी

0

चितवन, साउन २७ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यसमध्य ३ जना भरतपुरका छन् । प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीका अनुसार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ र ११ दुई जना पुरुष र १ जना महिलामा कोरोना देखिएको हो । उहाँहरु सवै क्वारेनटाइनमा हुनुहुन्थ्यो । त्यस्तै बुटवल भैरहवाका ८ जना पुरुष र २ जना महिलामा संक्रमण देखिएको हो । प्रयोगशालाले २ सय ५० जनाको नमुना परिक्षण गरेको थियो । १३ वाहेक सवै नेगेटिभ रहेका छन् ।

Share.

Leave A Reply