गैंडाकोट ५ काँग्रेसद्धारा नयाँ आवेदकहरुलाई प्रशिक्षण

0

गैंडाकोट, २६ साउन । नेपाली कांग्रेस गैडाकोट ५ ले नयाँ क्रियाशील सदस्यता लिन फारम भरेका आवेदकहरूलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

सभापति गोविन्द घिमिरेले नयाँ आवेदक लाई पार्टीको वारेमा बताउँदै छानविन पछि मात्र सदस्यता वितरण गरिने वताउनु भयो । महासमिति सदस्य मदन भक्त अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा क्षेत्रिय सभापति द्रोण वन सन्यासी, नगर सभापति तारापति खरेल, महिला संघ जिल्ला कोषाध्यक्ष शान्ती न्यौपानेले नयाँ आवेदक लाई स्वागत गर्दै सवैलाई मैनवत्ति भएर काम गर्न आग्रह गर्नुभयो।

प्रमुख प्रशिक्षक ईन्द्रराज ज्योति पौडेल र रत्न प्रसाद सापकोटाले पार्टीको सिद्धान्त र क्रियाशील सदस्यको दायित्व र भुमिका वारे प्रकाश पार्नु भएको थियो । कोरोनाको मध्य नजर गर्दै कार्यक्रम लाई चार समुहमा वाँडेर प्रशिक्षण गरिएको छ ।

 

आज ९ वटा टोलका झण्डै १४० जना आवेदक लाई प्रशिक्षण दिएको र भोलि १२० जना आवेदक लाई प्रशिक्षण दिईने सचिव लक्ष्मण कँडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply