मास्क लगाउन आग्रह सहित गैंडाकोटमा वाँडियो २ हजार थान

0

डोलराज रानाभाट, २६ साउन । लकडाउन नहुँदा मानिसहरुको भीड वढ्दै गएको र कोभिड १९ को जोखिम वढेको भन्दै गैंडाकोटमा आज २ हजार थान मास्क निकुल्क वितरण गरिएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोट नवलपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गैडाकोटको संयुक्त आयोजनामा भृकुटी चोक देखि पुल्चोकसम्म वसेर सर्वसाधरण सहितलाई मास्क वितरण गरिएको अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो  । सार्वजनिक सवारी साधनका चालक, यात्रु तथा पैदलयात्री  जसले मास्क नलगाई हिँडडुल गरेका थिए उनीहरुलाई सचेत गराउँदै निशुल्क वितरण गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष नवराज कडेँल, महासविच छविलाल कडेँल, ट्राफिक प्रमुख मुनेन्द्र थापा, इलाका प्रहरी कार्यालय गैडाकोटका जयराम पौडेल लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply