खुल्यो गैंडाकोट १०, कन्टयाक्ट ट्रेसिङमा आएका सहित संक्रमितका परिवारको रिपोर्ट नेगेटिभ

0

गैंडाकोट, २६ साउन । कन्टयाक्ट ट्रेसिङमा आएका व्यक्तिहरुको स्वाव र संक्रमितका परिवारहरुको पनि कोभिड १९ को रिपोर्ट नेगेटिभ आएपछि गैंडाकोट नगरपालिका वडानम्वर १० खुलेको छ ।

यस अघि समुदाय भित्रै रहदा ३७ वर्षीय महिलामा कोभिड १९ संक्रमण पुष्टी भएको थियो । उहाँको पाटन अस्पताल काठमाण्डौमा स्वाव संकलन गरी परीक्षण गरिएको वडाअध्यक्ष देवीदत्त कडेँलले बताउनुभयो । उहाँ वाहेक परिवारका सदस्य र अन्य कन्टयाक्टमा आएकाहरुको रिपोर्ट नेगेटिभ आएपछि अवस्था बिस्तारै सामान्य हुदै गएको तर सबै जना सुरक्षित रहन वडाअध्यक्ष कडेँलले आग्रह गर्नुभयो । वडामा हुने नियमित कार्य , सबै ब्यबसायहरु संचालन गर्न पाइने पनि उहाँले बताउनुभयो ।

साथै वडाअध्यक्ष कडेँलले सुरक्षित रहनको लागि मास्कको प्रयोग गर्न ,भिडभाड नगर्न , नियमित हात धुन , नियमित सरसफÞाइ गर्न , सफा ताजा खानेकुरा राम्रोसंग पकाएर मात्र खान , तातोपानी तथा घरेलु औसधि , रोग प्रतिरोधात्मक क्षमता धेरै हुने खानेकुरा हरु खानका लागी सुझाव दिँदै कुनै समस्या भए आफूलाई सम्पर्क गर्न आग्रह गर्नुभयो ।

Share.

Leave A Reply