कर्मचारी राख्नेवारे अनावश्यक दवाव मान्य छैन ः नगरप्रमुख पौडेल

0

तस्विर सौजन्य ः राजकुमार श्रेष्ठ

गैंडाकोट, २५ साउन । गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले सत्यका लागि पद छाड्न तयार रहेको तर दक्ष कर्मचारीलाई मात्र नगरपालिकामा राख्ने बताउनुभयो । विजय एफएमसँग कुरा गर्दै नगरप्रमुख पौडेलले आफू गाई भैँसी पालेर वस्न तयार रहेका तर नगरप्रमुख पदलाई आदेश दिने, गलत र नकरात्मक कुरामा लाग्न उद्दत गर्ने विरुद्ध सदैव अडिग भई लड्ने बताउनुभयो ।

आफूले कुनै नेताले पठाएको कर्मचारी लाई भर्ना गर्ने नभई दक्षता, कार्यक्षमता र स्वच्छ छविको व्यक्तिलाई प्राथमिकता दिने बताउनुभयो । पौडेलले नगरको हितमा काम गर्ने प्रशासकिय अधिकृत ल्याउनुपर्नेमा जोड दिनुभयो । २६ औँ अन्तराष्ट्रिय आदिवासी दिवस आज गैडाकोटको लखन चोकमा मनाइएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख पौडेलले आफूहरुले निर्माण गरेको नीति तथा कार्यक्रम लागु गर्ने दक्ष कर्मचारी भएमात्रै सोचेअनुरुप विकास हुने भन्दै कसैले गलत वाटोबाट आफ्नो पद धुम्याल्याउन खोज्ने विरुद्ध आफू डटेर लड्ने बताउनुभयो ।

जनजाती महासंघ गैडाकोट नगर समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा पौडेलले शुभकामना सन्देश दिँदै नगरपालिकाको विकासमा सवै एकजुट हुनुपर्ने बताउनुभयो । नगरपालिकाको छवि उचाईमा राख्न आफू कसैले दिएको वेठीक निर्देशनको पालना नगर्ने भन्दै जनतालाई सेवा दिने र विकास निर्माणको काममा निरन्तर लाग्ने कर्मचारी आजको आवश्यकता भएको बताउनुभयो । अध्यक्ष ललित गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा जनजाति महासंघका जिल्ला उपाध्यक्ष प्रेम भुजेल रहनुभएको थियो भने कार्यक्रममा गैडाकोट १४ की वडाअध्यक्ष कोकीसरा रानामगर,चितवन जिल्लाका निर्वर्तमान अध्यक्ष पदम गुरुङ लगायतको सहगीता रहेको थियो । कार्यक्रमको सहजीकरण सहसचिव

लक्ष्मी चौधरीले गर्नुभएको थियो ।

Share.

Leave A Reply