गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरुवा

0

डोलराज रानाभाट, २५ साउन । गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको सरुवा भएको छ । निरन्तर कार्यक्षेत्रमा रहेको २ वर्षपछि सरुवा हुने नियम भएकाले उहाँलाई काठमाण्डौको गोकणेश्वर नगरपालिका सरुवा गरिएको हो । विस २०७४ साल फागुन १६ गते गैंडाकोट नगरपालिका आउनु भएका आचार्यले विजय एफएमसँग कुरा गर्दै कर्मचारीको क्षेत्रबाट प्रवाह गर्नुपर्ने सेवा तथा नीति निर्माण तहमा जनप्रतिनिधिलाई सघाउन आफूले सदैव  सहयोग गरेको बताउनुभयो ।

कर्मचारी आफै कार्यक्रम नीति निर्माण गर्ने नभइ जनप्रतिनिधिहरुले वनाएको कार्यक्रम लागु गर्ने र नयाँ नीति निर्माणमा सहजीकरण गर्ने भएको बताउनुभयो ।

देशमा नै नयाँ प्रणाली लागु भई कार्यान्वयन चरणमा रहेकाले नयाँ बनेको नगरपालिकामा धेरै संरचना निर्माण नभएपनि अहिले निर्माणको तीव्र चरणमा रहेको बताउनुभयो । लामो समयसम्म राजनीतिक नेतृत्व नभएको खाली समयपछि भएको स्थानीय चुनावले जनताको माग सम्वोधन गर्न आउनुभएका जनप्रतिनिधिहरुले अहिले गर्ने कार्य इतिहासिक भएको भन्दै सवै सकारात्मक विकासको कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

अहिले जे काम गरिन्छ त्यो इतिहासमा लेखिन्छ, आचार्यले भन्नुभयो, त्यसैले इतिहासको पहिलो चरणमा काम गर्ने अवसर पाउनुृले आफूलाई सुशी वनाएका छ । साथै अहिले जनप्रतिनिधिले गरेका कार्यहरु भोलिका नेतृत्वका लागि पाठ र शिक्षा हुने भएकाले सधैँ सकारात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभयो । यो हप्ताको अनितम सम्म गोकणेश्वर हाजिर हुने बताउनुभयो । यहाँ नारायण सापकोटा आउने चर्चा चलेको छ ।

Share.

Leave A Reply