विकुको ३० औँ वार्षिकत्सवको पूर्वसन्ध्यामा हाजिरीजवाफ तथा नृत्य प्रतियोगिता सम्पन्न

0

गैंडाकोट, २५ साउन । विकु वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३० औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा अन्तर सेवा केन्द्र स्तरीय तथा नृत्य प्रतियोगिता कार्यक्रम हिजो सम्पन्न गरेको छ । “हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ्य सदस्य” भन्ने मुलनाराका साथ आयोजित कार्यक्रममा १८ सेवा केन्द्रिले सहभागिता जनाएका थिए ।

हाजिरीजवाफ प्रतियोगितामा कावासोती सेवा कार्यालय प्रथम , केन्द्रिय सेवा केन्द्र गैंडाकोट दोस्रो ,मेलमिलाप सेवा केन्द्रि गैडाकोट तेस्रो र नव लुम्बिनी सेवा केन्द्र मध्यविन्दु सान्त्वना भएको छ । त्यसैगरी नृत्य प्रतियोगितामा केन्द्रिय सेवा कार्यालय गैंडाकोट प्रथम,कालिगण्डकी सेवा केन्द्र गैडाकोट दोस्रो,भैसाखोरी सेवा केन्द्र तेस्रो र श्री गणेश सेवा केन्द्र डण्डा सान्तवना भएको कावासोती सेवा केन्द्रका इन्चार्ज भोजराज गुरौले जानकारी दिनुभयो ।

कार्यक्रममा विजयी हुनेलाई ट्रफी,नगद र प्रमाण पत्रसहित सम्मान गरीएको थियो । विकु वचत तथा ऋण सहकारी संस्था लिमिटेडका सिइओ माधव प्रसाद पौड्यलले कार्यक्रम सञ्चालनको क्रममा सदस्य समृद्धिको आधार विकुले बनाउने र पूर्वाधार अबको लक्ष्य रहेको बताउनुभयो ।
सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाको अध्यक्षता रहेको कार्यक्रम संस्थाका उपाअध्यक्ष यमनाथ आचार्यको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सहजीकरण सचिव प्रेम प्रसाद सापकोटा र माधव प्रसाद पौड्यालले गर्नु भएको थियो ।
लामो समय बैकिङ तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको संस्थाले भाद्र ५ गते हुने वार्षिक उत्सवको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम गर्दै आएको छ । त्यस्तै साउन ३१ गते बृहत रक्तदान कार्यक्रम समेत गर्ने भएको छ । २०४८ भाद्र ५ गते स्थापना भएको विकु वचत तथा ऋण सहकारी संस्थाले आफनो सेवा विस्तार गर्दै चितवनमा १ र नवलपुरमा १७ गरि १८ सेवा केन्द्रको स्थापना गरेको छ ।

Share.

Leave A Reply