गण्डकी प्रदेशमा अर्का एक कोरोना संक्रमितको मृत्यु

0

 

गैंडाकोट, साउन २५ । कोरोना भाइरसबाट संक्रमित एक पुरुषको आज पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा साउन १७ गते देखि उपचाररत कास्की जिल्ला पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुषको हिजो राति ११ बजे ३५ मिनेटमा मृत्यु भएको सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो । डाइविटिजको समेत विरामी रहेका पुरषको मृत्यु सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सख्या ३ पुगेको छ ।

 

यस अघि स्याङ्जा र गोरखामा एक एक जनाको मृत्यु भएको थियो । प्रदेशमा पछिल्लो अद्यावधिक विवरण अनुसार संक्रमितको कुल सख्या १६११ पुगेको छ भने हालसम्म १४४३ जना निको भइ डिस्चार्ज हुनुभएको प्रदेश स्वास्थय निर्देशनालयले जानकारी दिएको छ ।

Share.

Leave A Reply