लियो र लायन्सको सचेतनामुलक कार्यक्रम

0

पुष्कर अधिकारी,
साउन २३ ।
लियो क्लव अफ नारायणगढ र लायन्स क्लब अफ नारायणगढले शुक्रबार माक्स बितरण साथसाथै जनचेतनामुलक कार्यक्रम गरेका छन । लियो र लायन्स क्लब अफ नारायणगढको संयुक्त आयोजनामा भरतपुरको चौबिसकोठी र नारायणगढको लायन्स चोकमा माक्स बितरण गरिनुका साथै कोरोना भाईरस सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरिएको थियो ।
लियो ३२५ बि.टु नेपालका अध्यक्ष लियो कुबेर क्रान्ति पाठकले निरन्तर रुपमा सामाजिक कार्यमा अग्रसरमा रहेको लियो क्लव अफ नारायणगढले बिभिन्न सामाजिक काम गर्दै आएको बताउनुभयो । उहाँले अरु क्लवहरुसंग सहकार्य गरी निरन्तर समाजलाइ सकारात्मक बाटो तर्फ लैजान लागी परेको क्लवले हाल बिश्व भरी फैलिएको कोरोना भाइरस समुदायमा केहिरुपमा फैलिसकेकाले झनै सजक भएर हिडडुल गर्नुपर्नेमा जोड दिन सर्वसाधरण आग्रह गरि आयोजना गरेको यो महत्वपूर्ण र राम्रो कार्यक्रम रहेको बताउनुभयो ।
माक्सको प्रयोगले यस रोगबाट बच्न सकिने भएकाले माक्सको प्रयोगलाई गम्भिरतापुण लिनका साथसाथै सामाजिक दुरीको पालना गर्न अपिल गदै बाटोमा हिड्ने मानिहरुलाइ माक्स बितरण गरीएको लियो क्लव अफ नारायणगढका अध्यक्ष लियो गणेश जिसिले जानकारी दिनुभयो ।
कार्यक्रममा लियो क्लव अफ नारायणगढ र लायन्स क्लब अफ नारायणगढ का सदस्यहरुको उपस्थिति रहेको थियो।

Share.

Leave A Reply