गैंडाकोट नगरभित्र संचालित क्वारेनटाइनको खर्चविवरण सार्वजनिक, एकजनाका लागि करिव ८ हजार खर्च

0

डोलराज रानाभाट, गैंडाकोट, २३ साउन ।  गैंडाकोट नगरपालिकाको नगरस्तरीय क्वारेनटाइन व्यवस्थापन समितिले औषतमा एक जनालाई ८ हजार खर्च गरेको छ । नगरस्तरीय क्वारेनटाइन व्यवस्थापन समिति गैंडाकोटले आज पत्रकार सम्मेलन गरी अहिले सम्मको खर्च विवरण सार्वजनिक गरेको हो । जेठ २ गते देखि क्वारेनटाइन निर्माण गर्न सुरु गरेको समितिले श्रावण १५ सम्मको खर्च विवरण सार्वजनिक गर्दा ३११ ज्नाको व्यवस्थापन गर्दा २५ लाख ६ हजार ९२३ रुपैया खर्च भएको छ ।कार्यक्रममा बोल्दै संयोजक गोविन्द सुवेदीले विद्यालयबाट क्वारनेटाइन हटाएपछि अहिले रहेका दुई वटा क्वारेनटाइ पर्याप्त नभएको भन्दै थप क्वारनेटाइन स्थल निर्माणको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार हालसम्म जनक कलेजमा ५३ जना, मुकुन्दपुरको कभर्डहलमा ४७ जना, नारायणी माविमा २१ ज्ना, जनशक्ति आधारभुतमा २३ जना, नेपाल राष्ट्रिय शमसेरमा ३४ जना, लक्ष्मी माविमा ७८ जना, एसपीएम कलेजमा ५० जना र भाग्योदय प्राविमा ५ जना गरी ३११ जनालाई हालसम्म क्वारनेटाइनमा राखिएको छ ।

आर्थिक संयोजक एवम गैडाकोट १२ का वडाअध्यक्ष थीरवहादुर थनेतले दिएको जानकारी अनुसार स्वास्थ्य सामाग्रीमा १ लाख ४५ हजार १ सय ८३ रुपैया, देनिक खाना खानाका लागि ११ लाख ८७ हजार ८९६ रुपैया, दैनिक उपभोग्य वसोवास सामाग्रीमा ४ लाख ४४ हजार ६५२, अन्य खर्च अन्गर्त भान्छा सरसफाइ चौकीदारको पारिश्रमिक लगायतमा २ लाख ९३ हजार ३३१ गरी असार मसान्त सम्म २० लाख ७१ ह्जार ६२ रुपैया खर्च भएको छ । त्यस्तै श्रावण १५ सम्म स्वास्थ्य सामाग्रीमा २८ हजार ३३३, खाना खाजामा २ लाख ४१ हजार २३०, वसोवास सामाग्रीका लागि ११ हजार २५०, ज्याला लगायतमा १ लाख ५५ हजार ४८ गरी जम्मा ४ लाख ३५ हजार ८६१ रुपैया खर्च भएको छ । यसरी कुल खर्च २५ लाख ६ हजार ९२३ खर्च भएको र अहिले सम्म १६ लाख २० हजार ७१७ मात्रै भुक्तानी गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले नगरभित्र हालसम्म ७८० जनाको पीसीआर परीक्षण गरिएको र जम्मा ५५ जनामा मात्रै संक्रमण पुष्टी भएको बताउनुभयो । ५५ संक्रमित मध्ये ३८ जना पुरुष सहित ४९ जना निको भएर घर फर्किसक्नुभएको जानकारी दिनुभयो । वर्ष ५ देखि ७८ वर्षसम्मका नगरवासीले कोरोनालाई जित्नुले आफूहरुलाई थप खुशी दिएको पौडेललले बताउनुभयो । आज ५२ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको बताउनुभयो । अहिले पनि मुकुन्दपुर कभर्डहलमा १७ जना र जनशक्ति आधारभुत विद्यालयमा ९ जना वसिरहनुभएको छ । क्वारेनटाइन सहित नगरभित्र हालसम्म कोभिड १९ को सक्रमण रोक्न र राहत वितरण लगायतमा कुल ८३ लाख १५ हजार ६२३ रुपैया खर्च भएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचर्याले जानकारी दिनुभयो । राहत कोषमा भने नगरपालिकाको आफ्नै २२ लाख , गत वर्षमो मौजदा ३२ लाख, प्रदेश सरकारले दिएको १० लाख र विभिन्नसंघ संस्थाको सहयोग१६ लाख ३७ हजार १९९ रुपैया सहित ८० लाख ३७ हजार १ सय ९९ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख छत्रराज पौडेलले जनताका लागि हिसाव किताव प्रष्ट पार्न पत्रकार सम्मेलन गरेको बताउँदै जनतालाई हरतहबाट कोभिड १९ बाट जोगाउन नगरपालिका लागि परेको बताउनुभयो । छिट्टै सामुदायिक वनका भवन तथा विभिन्न सामाजिक संघसंस्थाका भवनहरु आवश्यकता अनुसार क्वारनटाइन निर्माण गर्ने र समुदायमा कोभिड १९ फैलन नदिने बताउनुभयो । कार्यक्रममा उपप्रमुख विष्णु कुमारी कडेँल, वडाअध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply