यस कारण गैंडाकोट नगरपालिका वडा नम्वर १० सिल

0

डोलराज रानाभाट, गैंडाकोट ,२२ साउन । गैंडाकोट नगरपालिका वडानम्वर १० भोलिदेखि सिल गरिएको छ । वडामा वसोवास गर्ने एक ३७ वर्षीय महिलामा कोभिड १९ संक्रमण पुष्टी भएको थियो । घरमा नै रहनुभएकी ती महिलालाई पहिला देखिनै टाउने दुखेका कारण स्थानीय मेडिकलमा जचाउँदा जानुभएको थियो ।

वडाभित्र रहेको मेडिकलमा जचाँउदा टाइफाइड भएको बताएपछि औषधि सेवन गर्दापनि ठिक नभएर काठमाण्डाको पाटन अस्पताल लगिएको वडाअध्यक्ष देवीदत्त कडेँलले विजय एफएमलाई जानकारी दिनुभयो । समुदायमा रहेको महिलामा पाटन अस्पतालबाट स्वाव लिएर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि वडा सिल गर्नुपरेको कडेँलले विजय एफएमलाई बताउनुभयो ।

उहाँमा कहाँबाट कोभिड १९ संक्रमण हुन पुग्यो भन्ने नखुलेको तर उहाँको कन्ट्राक्ट ट्रेसिङमा आएका सवैलाई होम क्वारेनटाइन राखेर वडा भोलि देखि सिल गरिएको हो । साउन २१ गते सर्वपक्षिय बैठक वसेर जाँच गराएको स्थानीय मेडिकलमा कार्यरत सहित कन्टयाक्टमा आएका सवैको स्वाव परीक्षणको रिपोर्ट नआउँदासम्म सिल गरिएको वडाअध्यक्ष कडेँलले जानकारी दिनुभयो । ती महिला अहिले पनि काठमाण्डौमै उपचार गराइरहनुभएको छ ।

Share.

Leave A Reply