क्वारेनटाइन हटाइएसँगै गैंडाकोटका विद्यालयहरुमा निर्मलीकरण

0

डोलराज रानाभाट, गैंडाकोट, २२साउन । गैंडाकोट नगरक्षेत्रका सामुदायिक विद्यालय तथा कलेजमा बनाइएका क्वारेनटाइन हटाएर आजबाट निर्मलीकरण गर्ने कार्य सुरु गरिएको छ ।

नगरस्तरीय क्वारेनटाइन व्यवस्थापन समितका अध्यक्ष गोविन्द सुवेदीका अनुसार आज जनक कलेज गैडाकोटबाट निर्मलीकरण गर्न सुरु गरिएको बताउँदै नेपाल राष्ट्रिय शमसेर मावि गैडाकोट १, नारायणी मावि गैडाकोट ७, लक्ष्मी माविमा यो कार्य पुरा भएपछि पुन जनप्रतिनिधि, स्वास्थ्य प्रतिनिधि सहितले निरीक्षण गरेपछि मात्रै विद्यार्थीहरुलाई आउन अनुमति दिने उहाँले बताउनुभयो ।

गैडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँलले विद्यार्थी अभिभावकलाई ढुक्क हुने गरी काम भएको र यो विश्व स्वास्थ्य संगठनले भने अनुसारको विधिबाट विद्यालयहरुमा निर्मलीकरण गरेकाले डराउनु नपर्ने बताउनुभयो । निर्मलीकरण पछि पुन यसको निरीक्षण गरिने उहाँको भनाई छ ।

 

त्यस्तै गैडाकोट १२ का वडाअध्यक्ष थिर वहादुर थनेतले जनशक्ति आधारभूत विद्यालय वाहेक सवै विद्यालयमा निर्मलीकरणको कार्य सकेर सफा गरेपछि विद्यालयले आफ्नो गतिविधि अघि वढाउने उहाँको भनाई छ । साथै भोलि एक कार्यक्रमका वीच नगरपालिकाले कोभिड १९ रोकथाम नियन्त्रणका लागि गरेका खर्च विवरण पनि सार्वजनिक गर्ने विजय एफएमलाइ जानकारी दिनुभयो ।

Share.

Leave A Reply