पटक पटक भएको विद्युत कटौतीको विरोधमा नेविसंघ गैँडाकोटले वुझायो ज्ञापन पत्र

0

डोलराज रानाभाट, गैंडाकोट, २२ साउन । गैंडाकोट क्षेत्रमा पटक पटक विद्युत कटौती भएकोमा नेपाल विद्यार्थी संघ पालिका समन्वय समिति गैडाकोटले विरोध जनाउँदै आज नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखालाई ज्ञापन पत्र वुझाएको छ । संयोजक रमेश कोइराला सहितको समुहले कार्यालयमै पुगेर प्रशाखा प्रमुख सुजन रिजाललाई ज्ञापन पत्र वुझाउँदै पटक पटक विद्युत सेवा अवरुद्ध हुँदा परेको समस्याको अवगत गराएका छन् । अब वाट विद्युत लाईन नकाट्न आग्रह गरेका छन्। लकडाउन र कोभिड १९ का कारण कष्टपुर्ण तरिकाले अनलाइनबाट पढ्न वाध्य विद्यार्थीहरुलाई पटक पटकको विद्युत कटौतीले झनै समस्यामा परेकोमा नेविसंघको ध्यानाकर्षंण भएको संयोजक रमेश कोइरालाले बताउनुभयो ।

कहि नभएको जात्रा हाडी गाउँमा भने जस्तै गैडाकोटमा मात्र विद्युत काटिरहनु आश्चर्य भएको र लाईन किन आएन भनी वुझ्न टेलिफोन गर्दा फोन सम्पर्क हुन नसक्ने र टेलिफोन उठाएर जानकारी दिएपनि कर्मचारीले हुलुका उत्तर दिएको गुनासो विद्यार्थीको थियो । आगामी दिनमा त्यसो नगर्न विज्ञप्ती वुझाउँदै विद्यार्थीहरुले टेलिफोन २४ सै घण्टा सुचारु हुुनुपर्ने र लाईन नआउनुको कारण गम्भीरता पूर्वक कर्मचारीहरुले सेवाग्रहीलाई जवाफ दिनुपर्ने माग गरे ।

दैनिक जिवनसँग प्रत्यक्ष जोडिएको विषयमा प्रशाखाले जतिसक्दो चाँडो समस्याको समाधान गर्दै यो गर्मीको समय जनतालाई समस्यामा नराख्न आग्रह गरेका छन् । साथै विद्युत आउने जाने कारण भोल्टेजको उचारचढावले घरायसी विद्युतीय उपकरणमा समेत क्षती पुगेको भन्दै समस्याको समाधान खोज्न आग्रह गरिएको छ । राष्ट्रियता लोकतन्त्र समाजवाद र विद्यार्थी एकतालाई आफ्नो मुल मन्त्र मान्दै आएको नेविसंघ स्थापना कालदेखिनै विद्यार्थीको समस्यामा निरन्तर वोल्दै आएको भन्दै समस्यालाई गम्भीरतापूर्वक लिन प्रशाखालाई आग्रह गरिएको छ ।

ज्ञापन पत्र वुझ्दै प्रशाखा प्रमुख सुजन रिजालले आफ्नो व्यक्तिगत खुशीले विद्युत लाईन काटिएको नभई विभिन्न कारण बाट उत्पन्न समस्याका कारण लाइन अवरुद्ध भएको भन्दै वास्तविक समस्या जे हो त्यसको विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । अहिले कार्यालयमा एउटा मात्रै टेलिफोन सेट रहेको साथै गैडाकोटमा एउटा मात्रै फिडरबाट विद्युत आपूर्ति भएको जानकारी दिनुभयो । एउटै लाइन हुँदा कहिँ समस्या आए सवै लाईन कटौति गरी मर्मत गर्नुपर्ने वाध्यताका कारण समस्या भएको बताउनुभयो । ११ हजार भोल्टेजलाई विभिन्न ठाउँमा जंगलको क्षेत्रहुँदै लैजादा थप समस्या आएको जनाउदै फल्ट हुन नदिन आफूहरु सदैव सचेत रहेको बताउनुभयो ।

सडकको दुई तर्फ विद्युत लाइनबाट गैडाकोट क्षेत्रमा सेवा दिने उद्देश्यले पोल गाड्दा स्थानीयले अवरोध गरेका कारण समस्या बढेको रिजालले बताउनुभयो । दुई तिरबाट विद्युत आपुर्ति गर्ने आफूहरुको योजना र बजेट समेत पारेर दुख गरी कार्यक्रम ल्याउँदा स्थानीयले अवरोध गरेपछि समस्या बढेको उहाँले बताउनुभयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेबिसंघ का जिल्ला अध्यक्ष राजेश पौडेल ,नेबिसंघ पुर्ब केन्द्रिय सदस्य गोकुल सापकोटा ,ने बि संघ पुर्ब उपाध्यक्ष बद्री सापकोटा , जलुके खानेपानीका अध्यक्ष मोति चन्द्र चालिसे, सचीव बिष्णु प्रसाद पङ्गेनी,मौलाकालीका मन्दिरका उपाध्यक्ष खगराज कंडेल,ने बि संघ जिल्ला सचिव सुशील काफ्ले ,सह सचीव बिबेक न्यौपाने, धारापानी टोल बिकास सस्था का अध्यक्ष ठाकुर प्रसाद सापकोटा, तरुण दलका नेता लक्ष्मण कार्की,गजेन्द्र बन, ने बि संघ जिल्ला सदस्य हरु श्याम बन,सन्देश पराजुली , नगर सदस्यहरु पुरुसोत्तम काफ्ले , योगेश कोइराला,बिराट सापकोटा ,अक्ष पराजुली ,बिनोद गिरि,पवन कार्की,हरि सुवेदी, रुपेश अर्याल लगायत ने बि संघ का विभिन्न कलेज का इकाई अध्यक्ष हरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply