चितवनका एक जनामा कोरोना पुष्टि, हालसम्म संक्रमितको सख्या ११६ पुग्यो

0

चितवन, २२ साउन। चितवनमा ११ दिनपछि थप एक जना वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा हिजो गरिएको १५२ नमुना मध्ये एक जनाको रिपोर्ट मात्रै पोजेटिभ आएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भरतपुर महानगरपालिका २ का ७९ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । उहाँ सँगै जिल्लामा संक्रमितको सख्या ११६ पुगेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो ।

 

जिल्लामा हालसम्म १ जनाको मृत्यु भइसकेको छ भने ७ जनाको उपचार जारी रहेको छ । अरु वाँकी निको भई घर फर्किसकेका छन् ।

Share.

Leave A Reply