किसान साकोस गैंडाकोटले नगरपालिकालाई दियो ६ वटा अस्पताल वेड

0

गैंडाकोट, २२ साउन । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गैडाकोट नगरपालिकालाई हिजो ६ वटा अस्पतालको शैयाका लागि वेड सहयोग गरेको छ । साबिक सहज स्वास्थ्य सहकारीसँग एकीकरण पश्चात् प्राप्त अस्पताल शैया सहकारीका अध्यक्ष श्रीहरी चालिसेले कार्यक्रमका प्रमुख अतिथि एवम नगरप्रमुख छत्रराज पौडेललाई हस्तान्तरण गर्नुभएको सहज सेवा केन्द्रका संयोजक तीर्थ रिमालले विजय एफएमलाई जानकारी दिनुभयो । सिनीयर एक्पर्ट सर्भिस जर्मनले सामुदायिक अस्पताल संचालनका लागि अनुदानमा उपलब्ध गराएको सामानहरुमध्ये उक्त वेड कोभिड १९ को यो संकटमा सहकारीको सामाजिक उत्तरदायित्व अन्तगर्त नगरपालिकालाई सहयोग गरिएको रिमालले बताउनुभयो ।

विद्यालयका क्वारेनटाइन खाली हुँदै जाँदा थप वेड आवश्यक पर्न सक्ने सम्भावनाको आकलन सहित सामुदायिक अस्पतालमा रहेका सामाग्री जनताकै हितका लागि उच्चतम प्रयोग गर्न सकियोस भन्ने उद्देश्यले सहयोग गरिएको उहाँको भनाई छ । नगरमा कोभिड १९ को संक्रमणको जोखिम कम गर्न र क्वारेनटाइनमा रहने तथा विरामीको उपचारका लागि पनि वेडले धेरै सहयोग पुर्याउने भन्दै नगरप्रमुख पौडेलले सहकारीलाई धन्यवाद दिनुभयो ।

सहकारीले यस अघि पनि नगरको कोभिड १९ कोषमा रकम नै सहयोग गरेको थियो । आजको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तिलक प्रसाद पराजुली, प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा, सहज सेवा केन्द्रका व्यवस्थापन समितिका पदाधिकारीहरु,कर्मचारीहरुको सहभागीता रहेको थियो ।

५१ वेडको अस्पताल संचालन नभएको र किसान साकोससँग एकीकरण गरेपछि नीजि लाई संचालन गर्न दिएका कारण साविक सहज अस्पतालका सामाग्री नगरका अन्य स्वास्थ्य संस्थालाई आवश्यक परे सहयोग गर्न तयार रहेको रिमालले बताउनुभयो ।

Share.

Leave A Reply