हाम्रो गैँडाकोट युवा क्लबको कार्यक्रममा विद्यार्थीले भने “डिजिटल शिक्षाले प्रविधि सिकायो , तर असमानता बढायो। ”

0


गैँडाकोट, २१ श्रावण । हाम्रो गैँडाकोट युवा क्लबले बुधबार गरेको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदनका संसार सापकोटा प्रथम हुनुभएको छ । सरस्वती निकेतन ईंग्लीस स्कूलको सभाहलमा भएको वक्तृत्वकला कार्यक्रममा द्धितिय स्थानमा नमुना माविकी विद्यार्थी सुश्मिता भण्डारी र कालिका नमुना माध्यामिक विद्यालयकी लक्ष्मी शर्माले तृतीय स्थान हासिल गर्नुभएको छ । १६ जना विद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

 

कोरोनाका कारण शैक्षिक क्षेत्रमा परेको प्रभावका विषयमा विद्यार्थीहरुले आफ्नो धारणा र सुझाब राखेका थिए । उनिहरुले कोरोनाका कारण शैक्षिक क्षेत्रमा प्रभाव परेको बताए । डिजिटल शिक्षाका कारण समाजमा वर्गिए विभेद बढाएको संकेत गरेका छन् । मनोवैज्ञानिक तथा शारिरीक समस्यामा विद्यार्थी फस्दै गएको उनिहरुको धारणा छ । कोरोनाले प्रविधि मैत्री हुन सिकाएको छ तर अचानक प्रयोगमा ल्याउनुपर्ने बाध्यताले सामाजिक तथा आर्थिक क्षेत्रमा असर पुगेको धारणा राखेका थिए । अभिभावको आर्थिक क्षेत्र धराशायि भइरहेको अवस्थामा प्रयाप्त शिक्षण सामाग्रीका साथ सिकाइ प्रक्रिया प्रभावित भएको उनिहरुको धारणा थियो । डिजिटलको पहुँच हुनु र नहुनु बीच खाडल बढेको र मनोवैज्ञानिक असर पुगेको विद्यार्थीहरुले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेले कोरोनाका कारण बन्द कोठाभित्र बस्दा मनोवैज्ञानिक त्रास बढ्ने भएकाले परिवारका सदस्यले यसमा विशेष ख्याल राख्न आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि मौलाकालि सामुदायिक वनका अध्यक्ष काशिनाथ कंडेलले विद्यार्थीहरुले भौतिक दुरी कायम गर्दै रचनात्मक काम गर्नुभएको भन्दै यसले विद्यार्थीलाई थप सचेत र जिम्मेवार बन्न प्रेरित गरेको धारणा राख्नुभयो ।

निर्णायक मण्डलमा लेखक तथा समालोचक डा. मतिप्रसाद ढकाल, साहित्यकार मुना धनञ्जय र विजय एफएमका स्टेशन म्यानेजर तथा विजय खबर पत्रिकाका सम्पादक श्रीधर उपाध्याय रहनुभएको थियो ।

निर्णायक मण्डलका संयोजक ढकालले विद्यार्थीहरुले विषयवस्तु र प्रस्तुतीले कोरोनाको संकटकाबीच राखेका धारणा समाजमा सबैले मनन गर्न योग्य रहेको धारणा राख्नुभयो ।

विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले कोरोनाको संकटका बीच शिक्षा क्षेत्रले चुनौतीका साथ नयाँ प्रविधिसंग जोडिएर हिँड्ने सुवर्ण अवसर प्राप्त गरेको बताउँदै भएको स्रोत र साधनको प्रयोगबाट कसरी सिक्न र सिकाउन सकिन्छ त्यसतर्फ सोच्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका सभापति एवं हाम्रो गैँडाकोट युवा क्लबका अध्यक्ष कमल सुवेदीले संकटका बीच कसरी व्यवस्थापन गर्ने भन्ने कहिल्यै विद्यालय र शिक्षकले नसकिएको हुँदा विद्यार्थीहरु समस्यामा परेको बताउनुभयो । म्यानेजम्याण्ट क्राइसिस न विद्यालय व्यवस्थापनले सोचेको थियो, न त विद्यार्थीले । एक्कासी त्यसतर्फ अग्रसर हुन गाह्रो भएको सुवेदीको भनाइ छ ।

कार्यक्रममा सरस्वती निकेत माविका प्राचार्य भरतबाबु कंडेल, सामाजिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रेम गुरुङ, जलुके खानेपानीका सचिव विष्णु पंगेनी लगायतका अतिथिहरुको उपस्तिथि रहको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रतिनिधि रसिक न्यौपाने र सिर्जना सुवेदीले गर्नुभएको थियो ।

हाम्रो गैँडाकोट युवा क्लबले विभिन्न सामाजिक काम गर्दै आएको छ । यसले कोरोना त्रासका बीच पनि युवा वर्गलाई लक्षित गर्दै जुमका माध्यमबाट विभिन्न अन्तक्रिया गर्दै आएको छ ।

Share.

Leave A Reply