नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान, सुन तोलाको १ लाख १ हजार ४०० पुग्यो

0


साउन २१
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्यले तोलाको एक लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख १ हजार ४०० रूपैयाँ पुगेको छ। मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले अझै बढ्न सक्ने बताएको छ । महासंघले आज तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ रहेको बताएको छ । यसैगरी चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।

Share.

Leave A Reply