गैंडाकोट ३ तात्रिबासमा पोल्ट्री व्यवसाय तालिम

0


साउन २०, गैंडाकोट ।
रोट्¥याक क्लब अफ गैंडाकोटले गैंडाकोट ३ तात्रिबासमा मंगलबार पोल्ट्री व्यवसाय गर्ने कृषकहरुलाई व्यवसाय प्रर्वद्धन तथा व्यवस्थापनका विषयमा तालिम दिएको छ । तालिम नलिएका र निर्वाहमुखी रुपमा कुखुरापालन गर्ने स्थानीय कृषकहरुलाई व्यवसायी बनाउन तालिम प्रदान गरिएको हो । कुखुरापालन गर्दै धेरै थोरै व्यवसायीक रुपमा आवद्ध रहेका कृषकलाई प्राबिधिक ज्ञान मिलोस् भन्ने अभिप्रायले क्लबको आयोजनामा तालिम प्रदान गरिएको रोट्¥याक क्लब अफ गैंडाकोटका अध्यक्ष कौशीकराज पन्तले बताउनुभयो । विशेष गरेर कृषकलाई पोल्ट्रीमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।
तालिममा मुख्य प्रशिक्षकको रुपमा डा. सुनिल ज्ञवाली रहनुभएको थियो । उहाँले कुखुरापालनका लागि खोर निर्माणदेखी बजारसम्म लैजादा पु¥याउन कृषकले गर्नुपर्ने तयारी, ध्यान दिनुपर्ने कुरा लगायतका आवश्यक कुरामा तालिम दिनुभएको थियो ।
तालिममा ४५ जना कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ गैंडाकोटका अध्यक्ष शंकरप्रसाद घिमिरेले समाजमासेवामा युवाको रुची र समाजमा रहेका अन्य व्यक्तिलाई उद्यमशिलता बनाउने र व्यवसायीक बनाउने प्रयास निकै उत्कृष्ट रहेको बताउनुभयो । यस्तै कोषाध्यक्ष क्षितिज आचार्यले युवाहरु मिलेर समाजका लागि केहि गर्ने युवाको क्षमता अभिवृद्धिका लागि आगामि दिनमा पनि कार्यक्रम गर्ने बताउनुभयो । पूजा रेग्मीले सहजीकरण गर्नुभएको कार्यक्रम पुरुषोतम काफ्लेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम संयोजक कृष्ण सापकोटा, रोट्¥याकटर जेनिथ आचार्य, विनय खनाल, प्राविधिक सहयोग वर्षा सुवेदीको रहेको कार्यक्रम कौशीकराज पन्तको अध्यक्षतामा कार्यक्रम भएको थियो । तालिम गैंडाकोट ३ तात्रिबासमा माधव गौतमको फार्ममा भएको थियो ।

Share.

Leave A Reply