ईजाजत बिना औषधी बिक्री वितरण गर्ने व्यक्ति चितवनमा पक्राउ

0

चितवन, २० साउन । जिल्ला प्रहरी कार्यालय चितवनले इजाजत बिना औषधी विक्रि वितरण गर्दै आएका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

साउन १६ गते भरतपुर महानगरपालिका वडा नं १५ देवीचोक स्थित भोज बहादुर गुरुङ्गको घरमा खानतलासी गर्दा ट्रमाडोल हाइड्रोक्लोराइड क्यासुल एलपी ५० एमजी (Tramadol Hydrochloride Capsules Ip 50 mg) १६४० ट्याब्लेट, डोम्प्ली १० (Domple-10 )  २४० ट्याव्लेट, अनारगन २५ (Anargan-25 ) १२७० ट्याव्लेट, ट्रिप्लीन २५ (Triplin-25 )  २८ ट्याव्लेट र नगद ७ हजार ७ सय १५ रुपैया वरामद भएको छ ।

औषधी बिक्री वितरण कार्यमा संलग्न वर्ष ३१ को भोज बहादुर गुरूङ र सोही ठाउँ बस्ने वर्ष २० को महेश परियारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग बिरगंज पठाईएको प्रहरीले जानकारी दिएको छ ।

 

चितवन प्रहरी संगठित आपराधिक समूह र लागू पदार्थको कारोवार गर्ने आपराधिक समुह पक्राउ गरी कानुनको कठघरामा उभ्याउन सक्रिय रहेको भन्दै लागु पदार्थको तस्करी ओसारपसार वा अन्य आपराधिक गतिविधिको जानकारी दिन आग्रह गरेको छ ।

त्यसका लागि जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल कक्षको नं १०० वा कसले फोन गरेको हो भनी देखिने कलर आइडी नभएको फोन नंबर ०५६ ५२०१५५ मा आफ्नो परिचय गोप्य रहने गरी सूचना दिन सकिने जनाएको छ ।

Share.

Leave A Reply