चितवनमा मास्क नलगाउने ७७३ जनालाई कारवाही

0

चितवन, साउन २० । चितवनमा मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्ने ७७३ जनालाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय, ट्राफिक, प्रशासन र विभिन्न संघ संस्थाको सहकार्यमा पटक पटक सचेतना कार्यक्रम गरेपनि नियम नटेर्नेहरुलाई कारवाही गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य थापाका अनुसार उनीहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने उपर संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाही गरिएको हो ।

साउन १८ गते र हिजो दुई दिनमा जिल्लाका विभिन्न स्थानमा न्यूनतम सामाजिक र भौतिक दुरी कायम नगरी सवारी साधन संचालन गर्ने तथा सार्वजनिक कार्यमा सामाजिक र भौतिक दुरी कायम नगर्ने तथा मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा हिंडडुल गर्ने हरु कारवाहीमा परेका हुन् । रु.१०० र रू.५०० जरिवाना गरी जम्मा रू.८३ हजार ५०० सय राजश्व रकम संकलन भएको छ । लकडाउन हटेसँगै यस अघि जिल्लाका विभिन्न स्थानमा कोभिड १९ बाट बच्न प्रयोग गरिने स्वास्थ्य मापदण्डका सामान्य निमय सहित मास्क नलगाई हिँड्नेहरुलाई सेचत गराउँदै मास्क वाँडीएको थियो । तर यसको पालना नगर्नेहरु वढेसँगै जिल्लामा सक्रमण वढ्न नदिन कारवाही मै उत्रनु परेको प्रहरीले जनाएको छ ।

चितवनमा पछिल्लो १० दिनयता नयाँ कोभिड १९ का सक्रमित देखिएका छैनन् । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा अहिलेसम्म कोरोनाका विरामी भेटिएका छैनन् । भरतपुर महानगरपालिकामा ५८,रत्ननगर नगरपालिका र खैरनही नगरपालिकामा ३÷३ जना, माडी नगरपालिकामा ४१, कालिका र राप्ती नगरपालिकामा ५÷५ जना संक्रमित रहेका छन् ।

जिल्लामा देखिएका कोरोना संक्रमित मध्ये ९९ पुरुष र १६ जना महिला रहेका छन् । भरतपुर अस्पतालको आइसोलेसनमा चितवनका ७६, नवलपरासी पुर्वका १०, नवलपरासी पश्चिम, मकवानपुर, कैलालीका २÷२, कपिलबस्तु, झापा र गोरखाका १÷१ जनाको उपचार भएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताउनुभयो । अहिले चितवनका ६ जनाको मात्र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । भरतपुर अस्पताल वाहेक संक्रमित विरामीको माडी नगरपालिका र रत्ननगरको गुञ्जमान अस्पतालमा पनि उपचार हुँदै आएको छ ।

Share.

Leave A Reply