मोटरसाईकल चोरी गर्ने तीन जना चितवन प्रहरीको फन्दामा

0

डोलराज रानाभाट, २० साउन । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट चोरिको ४ वटा मोटरसाइकल समेत वरामद भएको छ ।

पक्राउ पर्नेहरुमा जिल्लाको इच्छाकामना गाउँपालिका–७ गर्दासका ३० वर्षीय रामबहादुर गुरुङ, कालिका नगरपालिका–३ सिमलढाप बस्ने २७ वर्षीय योगेश वाइवा र वडा नंं.२ पदमपुर बस्ने २८ वर्षीय सुरज गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी उपरीक्षक सूर्यबहादुर थापाका अनुसार विभिन्न समयमा चोरी भएका मोटरसाइकलहरु र चोरीमा संलग्न शंकास्पद व्यक्तिहरुको पहिचान गर्ने क्रममा इलाका प्रहरी कार्यालय टाँडीबाट समेत खटिएको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

उनीहरुबाट ना १३ प ८५३८ नम्बर को होन्डा मोटरसाइकल (वास्तविक नम्बर ना ४१ प ९६०१), ना ४१ प ९६०१ मोटरसाइकल, वन टेस्ट (वास्तविक मोटरसाइकल नम्बर प्रदेश ३–०३–००१ प ४६८५) र ना ६५ प ४९०७ नम्बरको मोटरसाइकल (वास्तविक मोटरसाइकल नम्बर स १० प १११८) नम्बरको मोटरसाइकल बरामद गरिएको छ । उनीहरुलाई जिल्ला अदालत चितवनबाट साउन १८ गते म्याद थप गरी थप अनसुन्धान कार्य भईरहेको डिएसपी थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply