पुस्तकको भारी बोक्न नपर्ने गरी अन्तराष्ट्रिय स्तरको शिक्षा दिन अंकुरम एकेडेमिको स्थापना

0

डोलराज रानाभाट, चितवन, साउन १८ । विद्यार्थीलाई कितावको भारी वोक्न नपर्ने गरी शिक्षा दिन अंकुरम एकेडेमिको स्थापना भएको छ । भरतपुर ७ कृष्णपुर चितवनमा स्थापना भएको उक्त एकेडेमिले कक्षा १ देखि १२ सम्मको पढाई विश्व स्तरीय मापदण्ड र भौतिक सेवा सुविधाका साथ उपलब्ध गराउने विद्यालयका अध्यक्ष आनन्द वहादुर चन्दले बताउनुभयो ।

 

जुन दिन सम्वन्धित विषयको पढाई हुन्छ उक्त दिन सोही विषयको किताव र वर्कसिट वाहेक अन्य किताव विद्यालयमा रहने गरी व्यक्तिगत लकरको सुविधा हुने भएको छ। त्यस्तै हरके विद्यार्थीहरुलाई हाजिरी कार्ड उपलब्ध गराउने र उक्त कार्डको माध्यमवाट आफ्नो बच्चा विद्यालय पुगे की पुगेन भन्ने जानकारी हाजिरी पछि मोवाइलमा म्यासेज प्राप्त हुने प्रणालीको जडान भएको चन्दले बताउनुभयो । विज्ञान, व्यवस्थापन, आर्टसको कक्षा १२ सम्म पढाई हुने र व्यहारिक शिक्षाका लागि ८ वटा विभिन्न संघसंस्थासँग सहकार्य गरिएको छ ।

गुणस्तरीय शिक्षाका लागि काठमाण्डौ धाउनुपर्ने वाध्यता भएका चितवनका स्थानीयले अव वल्र्ड क्लासा कलेजको शैक्षिक गुणस्तर यही पाउने भएका हुन् । स्वीमिङ पुल सहितको उच्चस्तरीय सुविधा युक्त भवनबाट युरोप अमेरिका तिर जुन अभ्यसा हुन्छ सोही अनुसार पठन पाठन सुरु गरिने प्रिन्सीपल सुमन पौडेलले बताउनुभयो ।

 

यसै शैक्षिक सत्रबाट पढाई सुरु हुने विद्यालयले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई विद्यालयमै खाना खुवाउने छ भने कक्षा ६ दखि १० का विद्यार्थीहरुलाई सवारी वाट नभई साइकलबाट आउन जान प्रोत्साहन गरिने भएको छ ।

 

बोष्टन कलेज स्थापना गरी स्नातकोत्तर तहसम्मको कक्षा संचालन गरिरहेको समितिले तल्लो तहबाटै क्षमतावान विद्यार्थीको अभाव भएको भन्दै अन्तराष्ट्रिय मापदण्डको सुविधा सहितको शैक्षिक गुणस्तर दिन तेह्रसाल चोकमा एकेडेमीको स्थापना गरेको हो ।

 

Share.

Leave A Reply