एक वर्षको अवधिमा चितवन मेडिकलद्धारा ३ करोड ४४ लाख ७३ हजारको उपचार छुट

0

डोलराज रानाभाट, चितवन, २८ साउन । सीएमसी चितवनले सरकारले अनुमति दिए कोभिड १९ को परीक्षण सुरु गर्ने बताएको छ । राष्ट्रिय जनस्वासथ्य प्रयोगशालामा रहेको पीसीआर पछिको अत्याधुनिक मेशीन र जनशक्ति आफूहरुसँग रहेको भन्दै सरकारले अनुमति दिए आफूहरु त्यसको जाँच र उपचारका लागि तयार रहेको अस्पतालका अध्यक्ष हरिशचन्द्र न्यौपानेले बताउनुभयो । साथै चितवन मेडिकल कलेजले गत आर्थिक वर्ष २०७६÷०७७ मा ३ करोड ४४ लाख ७३ हजार बरावरको उपचार छुट दिएको छ ।

 

आज कार्यलयमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार २९ हजार ८ सय ९५ गरिव विपन्नका लागिसो रकम वरावरको छुट दिइएको हो । अस्पतालमा गत आर्थिक वर्षमा ३ लाख २४ हजार ६६९ जनाले ओपिडी सेवा, २ लाख ४७ हजार ८६२ जना नयाँ विरामीले सेवा लिएका छन् । अस्पतालबाट ६३ हजार ७९७ जनाले स्वास्थय विमा सेवा लिएका छन् भने १७६३ जनाको जटिल शल्यक्रिया गरिएको छ । ३ हजार २७ जनाको निशुल्क डेलिभरी सेवा गराएको अस्पतालले मुटु, हेड इन्जुरी, स्पाइनल इन्जुरी क्यान्सर पार्किन्सस र अल्जाइमर भएका ३४९ विरामीले १ लाख सम्मको छुट सुविधा प्रयोग गरेका छन् ।

अस्पतालका अध्यक्ष डा हरिशचन्द्र न्यौपानेका अनुसार अस्पतालमा ६१ प्रतिशत चितवनबाट, १५ प्रतिशत नवलपरासीबाट साथै मकवानपुर गोरखा तनहुँ लमजुङबाट विरामीहरु आउने र सेवा लिएका छन् । चितवन मेडिकल कलेजले राजधानी वाहिर सवैभन्दा धेरै अति विशिष्ट सेवा उपलब्ध गराउने अस्पतालका रुपमा चिनिएको यहाँ ७५० शैया क्षमता रहेको छ ।

भेन्टिलेटर सहितको ३७ शैयाको मेडकल आइसियु २० शैयाको सर्जिकल आइसियु २० शैयाको एकआइसियर १७ शैयाको पिआइसियु , ६ शैयाको इमरजेन्सी आइसीयु १६ शैयाको कोभिड आइसियु र २० शैयाको सी सी यु सहित १३६ बेडको सेवा २४ सै घण्टा दिइरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो । पछिल्लो समय विरामीसँग कमिशन खान पल्किएका समुहले गर्दा यही सम्भवन हुने धेरै विरामीहरुलाई हेली मार्फत काठमाण्डौ र भारत लैजान गिरोह नै सक्रिय रहेको भन्दै चाँडै यसको नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो ।

 

अहिले चिकित्सक र नागरिकवीच ठूलो द्धन्द्ध निम्तिएको भन्दै यसको नियन्त्रणका लागि स्वास्थ्य सचेतनाको खाँचो रहेको बताउनुभयो । कुनै पनि चिकीत्सकले विरामीको ज्यान लिन्छु भनी उपचार नगर्ने र उपचारकाक्रममा देखिने समस्याका कारण मृत्यु सम्म हुने घटनालाई लिएर अस्पताल फोर्ने र डाक्टर कुटन्े प्रवृतिको अन्त्य हुन जरुरी रहेको बताउनुभयो ।

Share.

Leave A Reply