गैंडाकोट ३ मा ‘बाबा ममि म स्कुल गएँ है’ भन्ने उमेरमा सर्पले टोकेर ज्यान गयो

0

इन्द्रज्योति पोखरेल साउन १८ । गैडाकोट नगरपालिका ३ की २ वर्षीय वालिकाको सर्पले टोक्दा ज्यान गएको छ । बाबा ममि म स्कुल गए है भन्ने उमेरमा भुजेल गाउँकी २ वर्षीय सिर्जना राना (पम्बीराना) को ज्यान गएको हो ।

गत साउन ११ गते विहानै २ बजे तिर उहाँलाई बिसालु सर्पले टोके पछि उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा आज निधन भएको हो । काठको फलेकले वारेर वनाएको घरभित्र सर्प छिरेपछि सुतीरहदा नानीलाई टोकेको थियो ।

शोकमा रहेका परिवारलाई गाउँलेले सम्झाएका थिए । सोही ठाउँ नजिक २ साता पहिले ९२ बर्षीय एक जना बुवाको पनि बिसालु सर्पले टोकि ज्यान गएको थियोे । अहिले सानी नानी को पनि ज्यान गएपछि गाउँनै शोकमा डुवेको छ।

Share.

Leave A Reply