नवलपुर काँग्रेसको इतिहास समावेश गरी पुस्तक निकालिने, आजै सम्पादन मण्डल गठन

0

डोलराज रानाभाट, कावासोती, १७ साउन । नेपाली काँग्रेस जिल्ला स्तरीय अभिलेख व्यवस्थापन समिति नवलपुरले पुस्तक प्रकाशन गर्ने कार्यलाई तीव्रता दिएको छ । समितिका अध्यक्ष तिलकप्रसाद सापकोटाको अध्यक्षतामा आज पार्टी कार्यालय कावासोतीमा वसेको बैठकले पुस्तक छाप्नु अघि गर्नुपर्ने सम्पादनको कार्य सकाउन सम्पादन मण्डल गठन गरिएको छ ।

प्राध्यापक डाक्टर मोहनी लाल भुषालको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन गरिएको हो । विस २०४८ सालसम्म र त्यस अघि पार्टीको क्रियाशील सदस्यता लिएर काँग्रेसलाई दिलो ज्यान दिएका योद्धाहरुको योगदानलाई समावेश गरी पुस्तक निकाल्ने निर्णय गरिएको थियो । त्यसका लागि यस अघि नै फाराम भर्न दिइएको थियो । अहिले सोही फारममा लेखिएका योगदालाई लिपिवद्ध गर्ने कार्य सकिएको र अव यसैको सम्पादन सकाएर पुस्तक निकाल्ने अध्यक्ष तिलक सापकोटाले जानकारी दिनुभयो ।

अहिले सम्म १२५ जना व्यक्तिहरुको योगदान लेख्ने काम सम्पन्न भएको छ । बैठकमा विशेष उपस्थिती रहेको पार्टी सभापति एवम गण्डकी प्रदेशका सांसाद विष्णु लामिछानेले व्यक्तिको योगदान सहित काँग्रेसले जिल्लामा पुर्याएको हरेक एतिहासिक घटनाक्रम पनि नछुट्ने गरी पुस्तकमा समावेश गर्न सुझाव दिनुभयो । आवश्यक सहयोग गर्न जिल्ला समिति तयार रहेको भन्दै पुस्तकले नेपाली काँग्रेस नवलपुरको इतिहास झल्काउने र नयाँ पिढीलाई पूर्ण ज्ञान दिने गरी विषयवस्तु समेट्न सुझाव दिनुभयो ।

साथै आजको बैठकले केन्द्रीय सभापति शेरवहादुर देउवाको संयोजकत्व रहने ज्यष्ठ रानीतिक सभामा मनोनीत हुन सफल समितिका अध्यक्ष तिलक सापकोटा र उपाध्यक्ष पुर्णचन्द्र नेपाललाई वधाई सहित सफल कार्यकालको शुभकामना दिएको छ ।

Share.

Leave A Reply