साउन ६ गतेको पहिरोमा ज्यान गुमाएका बुलिङटार २ का नेपालीका परिवारलाई आर्थिक सहयोग

0

बुलिङटार,साउन १५ । गत साउन ६ गते पहिरोमा पुरिएर ज्यान गुमाएका बुलिङटार २ डाँडाझेरी टाँणीका शेरवहादुर नेपाली र खिनुमायाको परिवारलाई राहत प्रदान गरिएको छ ।

उहाँहरुको सम्झनामा भएको श्रद्धान्जली सभामा विभिन्न संघ संस्था तथा व्यक्तिवाट प्राप्त सहयोग हस्तान्तरण गरिएको हाम्रा वुलिङटार संवाददाता मनप्रसाद भाटले जानकारी दिनुभयो । नेपाली काँग्रेस बुलिङटार २ कार्यसमितिले आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा नवप्रतिभा बचत तथा ऋण सहकारी संस्थाले कर्जा मिनाहा स्वरुप ५ हजार सहयोग गर्नुको साथै काजकिरिया खर्च १३ हजार, हकवाला मृत्यु वापतको ७ हजार ५ सय , दैविप्रकोप राहत स्वरुप ६ हजार गरी ३० हजार ५ सय रुपैया संस्थाका शाखा प्रमुख दलवहादुर सोतीले हस्तानतरण गर्नुभएको थियो ।

त्यस्तै बुलिङटार २ का वडाअध्यक्ष प्रेम वहादुर थापाले ५ हजार, वडासदस्यहरुबाट दुई हजार गरी जम्मा १३ हजार, कालिगण्डकी युवा समाज भेलौरीका रुमलाल थापाबाट ५४ सय ५५, जीवन ज्योति निमावि मथारका शिक्षक कर्मचारी सहित प्रधानाध्यापक मनप्रसाद भाटले ३ हजार, रानाभाट समाज मथारबाट १ हजार ५५ रुपैया सहयोग गर्नुभएको छ । त्यस्तै रामकोट , पेलेगा, भाङवारी कोटा वढिमल छरछरे समुहबाट पनि आर्थिक सयहोग गरिएको छ ।

सवै रकम पहिरोबाट मुस्किलले बाँच्नुभएका छोारा धन वहादुर नेपालीलाई हस्तान्तरण गरिएको छ । यस अघि नेपाली काँग्रेसका महामन्त्री डा शसाक कोइरालाले ५० हजार नगद सहयोग गर्नुभएको थियो । हिजो भएको कार्यक्रममा वडाअध्यक्ष प्रेम वहादुरथापा, नवप्रतिभा सहकारी बुलिङटारका प्रमुख दल वहादुर सोतीले बोल्नुभएको थियो । बुलिङटार गाउँपालिका २ नेपाली काँग्रेसका सभापति रेख वहादुर पुलामीको सभापतित्वमा भएको कार्यक्रमको विजय एफएमका संवाददाता मनप्रसाद भाटले संचालन गर्नुभएको थिो ।

Share.

Leave A Reply