गैंडाकोट प्रशाखाद्धारा आव २०७६/०७७ मा २१ करोड ३ लाख वढि महसुल संकलन

0

डोलराज रानाभाट, गैंडाकोट,१६ साउन । गैंडाकोट नगरका विभिन्न २० जनाले विद्युत चोरेर प्रयोग गरेको पाइएको छ ।

नेपाल विद्युत प्राधिरकण गैडाकोट प्रशाखाका अनुसार विद्युत चोरी गरेकोमा गत आर्थिक वर्ष २०७६/०७७मा २० जनालाई कारवाही गरिएको छ । कारवाहीबाट प्रशाखाले १ लाख ५० हजार जरिवाना स्वरुप असुल उपर गर्न सफल भएको हो । त्यस्तै न्युनतम ५ हजार विद्युत महसुस रहेका र ३ महिना वढि सम्म महसुल तिर्न नगएका ३६३ जनाको लाइन काटिएको छ । उनीहरुबाट ४७ लाख ६० हजार वरावरको आम्दानी योग्य रकम उठन वाँकी छ ।

यो वर्ष देखिनै रकम उठाउन काम सुरु भइसकेको नेपाल विद्युत प्राधिकरण गैडाकोट प्रशाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो । त्यस्तै नेपाल विद्युत प्राधिरकण गैंडाकोट प्रशाखाले गत आर्थिक वर्ष २०७६/०७७ मा २१ करोड ३ लाख ७२ हजार ३१० रुपैया आम्दानी गरेको छ ।

कोभिड १९ को संक्रमण र लकडाउनको वीच पनि कार्यालयले ९७ प्रतिशत सफलता प्राप्त गरेको कार्यालय प्रमुख सुजन रिजालले जानकारी दिनुभयो । कुल २ करोड २२ लाख १५ हजार ६२३ युनिट विद्युत विक्रिबाट उक्त आम्दानी संकलन भएको रिजालले बताउनुभयो । जसमा घरायसी ग्राहकबाट १ करोड ३ लाख ६९ हजार ४५१ युनिट विद्युत विक्रिबाट ९ करोड २४ लाख ६४ हजार आम्दानी भएको छ । गत आर्थिक वर्षमा ५५३ जना नयाँ ग्राहक थप भएसँगै गैंडाकोट प्रशाखामा गा्रहको सख्या १० हजार पुगेको छ । असार महिनामा मात्रै गैंडाकोट प्रशाखाले २ करोड ६५ लाख ३९ हजार ८३ रुपैया विद्युत महसुल संकलन गरेको छ ।

भृकुटी कागज कारखानाको सहित करिव २ करोड वढि रकम वक्यौता रहेकोमा गएको आर्थिक वर्षमा ५ लाख ५७ हजार ६ सय ५५ रुपैया सकलन भएको छ । गत आवमा गैंडाकोट ३ को मान्द्रको ४ घरमा विद्युतीकरण सम्पन्न भएको छ भने अहिले सोही वडाको एकलटारमा विद्युतीकरणको काम भइरहेको र साउन मसान्त सम्म विद्युत पुर्याउने रिजालले बताउनुभयो ।

 

त्यसतै प्रशाखाल गैडाकोटका विभिन्न ठाउँमा ५ वटा नयाँ ट्रान्सफर्मर जडान गरेको भने ६ वटा स्थानमा ट्रान्सफर्मर अपग्रेड गर्ने कार्य सकिएको र ६ वटा ठाउँमा काम जारी रहेको छ । त्यस्तै चालु आर्थिक वर्षमा १० देखि १२ ठाउाँमा ट्रान्सफर्मर जडाको योजना रहेको कार्यालय प्रमुख रिजालले विजय एफएमलाई जानकारी दिनुभयो । यो वर्षदेखि विद्युत महसुल दर घटेको र विशेष छुट समेत रहेको भन्दै नियमानुसार महसुल तिरेर जरिवाना बाट जोगिन र अनावश्यक विद्युत खपत नगर्न कार्यालयले ग्राहरुलाई आग्रह गरेको छ ।


‘प्र.शाखाबाट वितरणशाखा बन्ने क्षमतामा , जग्गा आवश्यक’


प्रशाखा प्रमुख रिजालले गैंडाकोटमा १० हजार भन्दा वढि ग्राहक पुगेको बताउनुभयो । नगरपालिकाका सवै वडालाई समावेश गर्ने हो भने वितरण शाखा वन्ने क्षमतामा कार्यालय रहेको उहाँले बताउनुभयो । तर त्यसका लागि पर्याप्त जग्गा अभाव हुँदा समस्या भएको छ । गत वर्ष नै वितरण शाखा वन्ने क्षमतामा भएपनि जग्गा उपलब्ध नहुँदा प्रशाखाबाटै काम गरिरहनु परेको छ ।

वितरण शाखामा अपग्रेड भएमा कर्मचारी सख्या सँगै सवारी साधनको व्यवस्था र विद्युत मर्मत देखि विस्तारको काम छिटो र छरितो हुन सक्दथ्यो । यता नगरप्रमुख छत्रराज पौडेलले पनि जग्गा खोज्ने काम भइरहेको तर उपलब्ध हुन कठीन भएको यस अघि विजय एफएमको कार्यक्रम हेल्लो मेयरमा बताउनुभएको थियो ।

नगरपालिका भित्र सार्वजनिक जग्गा भएपनि कार्यालयको व्यवस्थापनका लगि उपलब्ध भने हुन सकेको छैन । अहिले प्रशाखाले साविक गैडाकोट गाविस सहित अहिलेको गैडाकोट ३ हेर्ने गर्दछ ।

Share.

Leave A Reply