गिरुवारीमा खोलाले बगाउँदा एक जनाको मृत्यु, लगातार वर्षा, डण्डामा २.२ मिलिमिटर मापन

0


प्रेम क्षेत्री
साउन १५, नवलपुर । गिरुवारी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । खोलाले बगाउँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको हुप्सेकोटकी एक महिलाको ज्यान गएको हो ।
खोलाले बगाउँदा हुप्सेकोट गाउँपालिका २ गड्डा खोला निवासी २४ वर्षीया सीता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरबाट गिरुवारी आउने क्रममा गिरुवारी खोला तर्ने क्रममा परियारलाई बिहीवार बिहान खोलाले बगाएको स्थानीयले बताएका छन् । स्थानीय तत्काल उद्धारको प्रयास गरेपनि असफल भएको थियो । उनको शव करिब ३ सय मिटर तल मध्यविन्दु ९ वसन्तपुरमा भेटिएको प्रहरीले जनाएको छ ।
डण्डामा गरिएको मापन अनुसार पछिल्लो १ घण्टामा २.२ मिलिमिटर वर्षा भईरहेको छ । लगातार परिरहेको पानीले खोलामा पानीको बहाव बढेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । नेपालको पुर्वि तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । नदि खोला तटिए क्षेत्रका बासीन्दालाई उच्च सर्तकता अपनाउन माहाशाखाले अनुरोध गरेको छ ।

Share.

Leave A Reply